संविधान र विकासको मुद्दा बन्नु पर्छः भण्डारी

महोत्तरी, ६ साउन । राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष शरतसिंह भण्डारीले आफ्नो पार्टीले संविधान र गाउँघरको विकास निर्माणमा विशेष भूमिका खेल्ने बताएका छन् ।

महोत्तरीको बर्दिवास आउनुभएका अध्यक्ष भण्डारीले आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै स्थानीयस्तरमा रहेको खानेपानी, सिँचाइ, सडक, विद्यालय, तटबन्ध, वनजङ्गल, कृषि, पर्यटकीय क्षेत्रमा काम गर्ने बताए ।

समाजमा रहेको आवाजविहीन महिला तथा बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग, दलित जनजातिकोे स्तर वृद्धि, सुरक्षालगायत क्षेत्रमा युवाले तदारुकताका साथ लाग्नुपर्ने अध्यक्ष भण्डारीको भनाइ छ ।

एक अर्को प्रसङ्गमा भण्डारीले चार दलले चाहेमा २४ घन्टाभित्र सीमाङ्कनको टुङ्गो लगाउनसक्ने भन्दै सीमाङ्कनसहितको संविधान जारी गर्न आग्रह गरे ।

प्रतिक्रिया