पत्रिका वितरक बाबुको गायन यात्रा

babuकाठमाडौं । बिहान झिसमिसेमा साइकलमा दैनिक पत्रिकाको मुठा राखेर घरघर बाँडेर हिँड्ने अनि दिनभर एउटा विज्ञापन एजेन्सीमा काम गरी चार जनाको परिवार चलाउँदै अएको व्यक्तिले लोक गायनतर्फ पनि पाइलो बढाउनुलाई सुखद् आश्चार्य नै मान्नुपर्छ । यस्तो गरेका छन् पत्रिका वितरक बाबु अधिकारीले ।
‘तर्सिरा’छ मन भूकम्प’ तथा ‘सोचेझँ भएन’ शीर्षक कमेडी लोक भाकामा आधारित गीत म्युजिक भिडियो पृथ्वी इन्टरटेन्टमेन्ट प्रालिले बजारमा ल्याएको छ । भूकम्पको त्रासदीपूर्ण वातावरण तथा एउटा समान्य व्यक्तिको जीवनमा पर्न गएको प्राकृतिक विपत्तिलाई मार्मिक शैलीमा वर्णन गरिएको ‘तर्सिरा’छ मन भूकम्प’ गीतलाई स्रोताले छिट्टै मन पराएर आत्मसात गरेका छन् । गीतको लय तथा शब्द संयोजन गायक आफँले नै सिर्जना गरेका हुन् ।
पहिलो गीतको सफलतापछि गायक अधिकारीको दोस्रो गीत पनि बजारमा आइसकेको छ । ‘सोचेझँ भएन’ बोलको गीतले आधुनिक नेपाली युवा समाजमा देखिएको प्रवृत्ति तथा विकृति र त्यसबाट आउने निराश, हताशा तथा पश्चाताप दर्शाएको छ । बाबु अधिकारी गायन मात्र नभएर गीत रचनामा पनि उत्तिकै आशालाग्दा प्रतिभा हुन् । ‘तर्सिरा’छ मन भूकम्प’ तथा ‘सोचेझँ भएन’ गीतमा अधिकारीलाई गायिका सम्झना भण्डारीले गायनमा साथ दिएकी छन् । गीतको छायांकन उत्तिकै आकर्षक छ । यो गीत पनि बजारमा छोटो समयमा नै लोकप्रिय भइसकेको छ । अधिकारीका म्युजिक भिडियो युट्युबमा पनि हेर्न सकिन्छ । (सौस)

प्रतिक्रिया