राज्य विभाजित गराउने गीत

Ssona_mahapatraकाठमाडौं । एउटा गीतलाई लिएर भारतको उडिसा राज्यका जनता अहिले दुई खेमामा बाँडिएका छन् । कोक स्टुडियो एमटिभीले बनाएको र युट्युबमा लाखौँ हिट्स बटुलेको ‘रंगबती’ को विरोध र समर्थनमा मानिस बाँडिएका हुन् । गीतको बहस अहिले घर–घरसम्म पुगेको छ ।
पुरानो पुस्ताले रंगबतीको यस संस्करणबाट संबलपुरी र उडिसाको अस्मिता र संस्कृतिको अपमान भएको ठानेका छन् । नयाँ पुस्ताका युवा भने यसमा केही खराबी देख्दैनन् । युवा पुस्ताको बुझाइमा सोना महापात्र र ऋतुराज महन्तीको आवाजमा रहेको यो गीतले उडिशाको लोकलयलाई विश्वभर पु-याएको छ ।
संबलपुरी (पश्चिमी उडिशाको भाषा) लोकलयमा आधारित गीत हो, रंगबती । ०७० को दशकमा बनेको यो गीतबिना उडिशामा आज पनि कुनै सांस्कृतिक कार्यक्रम पूरा हुँदैन । ८० को दशकमा कोलकातादेखि मुम्बई, पटना हुँदै दिल्लीसम्मका भारतीयको मनमस्तिष्कमा यो गीतको धुन बस्यो । भलै उनीहरू गीतको बोल बुझ्दैनथे ।
यसका गीतकार मित्रभानु गौतिक र संगीतकार प्रभुदत्त प्रधान हुन् । सुरुमा यो गीत जितेन्द्रीय हरिपाल र कृष्णा पटेलको आवाजमा रेकर्ड भएको छ । यो गीतले बिबिसी र भ्वाइस अफ अमेरिकामा पनि स्थान पाएको थियो । (सौस)

प्रतिक्रिया