देशभरि संविधानमा सुझाव संकलन गरिँदै

Prakashman singhकाठमाडौं, ४ साउन । ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि आज देशभरका सबै निर्वाचन क्षेत्रमा सुझाव सङ्कलन कार्य सुरू भएको छ ।

संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति’ को कार्ययोजना अनुसार आज र भोलि २४० वटै निर्वाचन क्षेत्रमा सभासद् तथा कर्मचारीको टोलीले सुझाव सङ्कलन गर्नेछन् ।

आज बिहानैबाट काठमाडौँ उपत्यकालगायत मुलुकका सबै क्षेत्रमा तय गरिएको कार्यक्रममा राय सुझाव दिन जनताको उत्साहजनक सहभागिता देखिएको छ । सुझाव सङ्कलनस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सरकारले सुझाव सङ्कलनका लागि आज र भोलि सार्वजनिक बिदा दिएको छ । काठमाडौं का १० वटै निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न स्थलमा सुझाव सङ्कलन कार्य भइरहेको छ ।

प्रतिक्रिया