सोल (दक्षिण कोरिया), ३ साउन । दक्षिण कोरियाली गुप्तचर अधिकारी मृत अवस्थामा भेटिएका छन् ।
आइतबार प्रहरीले जनाएअनुसार ४५ वर्षीय राष्ट्रिय गुप्तचर संस्था (एनआइएस)मा कार्यरत अधिकारी लिम (पूरा नाम प्राप्त हुन नसकेको) हिमाली सडकको योङगिन भन्ने ठाउँमा मृत भेटिएका थिए ।
उनीमाथि गोपनियता ‘ह्याकिङ’ गरेको भनी कोरियाली राजनीतिक वृत्तमा व्यापक आलोचना भएको थियो ।
दक्षिण कोरियाको राजधानी सोलबाट ४० किलोमिटर दक्षिणमा पर्ने उक्त ठाउँमा उनले एनआइएसले कसरी विवादस्पद् ‘ह्याकिङ’ कार्यक्रम प्रयोग गरेको छ भन्नेबारेमा सविस्तार एक पत्र लेखी छोडेका छन् भनिएको छ ।
सरकार र एनआइएस अधिकारीहरूले इटालीको एक कम्पनीबाट सोलको इन्टरनेटको क्षमता अभिवृद्धि गर्न ल्याइएको बताए पनि मृतक अधिकारीले भने यसको पेङ्याङका विरुद्ध प्रयोग गरेको पत्रमा लेखेका छन् ।
प्रतिक्रिया