दोस्रो खेलमा जितसँगै शृंखला भारतको पक्षमा

Dhotiहरारे । भारतले जिम्बाबेविरुद्धको दोस्रो एक दिवसीय खेलमा शानदार जित हात पा¥यो । आइतबार बेलुका भएको खेलमा भारतले जिम्बाबेलाई ६२ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले आठ विकेट गुमाउँदै २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतका लागि मुरली विजयले सर्वाधिक(७२) रन जोडे । विजयले ९५ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै कप्तान अजिन्क्या राहाने(६३), अम्बाति रायडु(४१), स्टुवार्ड बिन्नी(२५) र मनोज तिवारीले(२२)रनको योगदान दिए । पहिलो विकेटका लागि विजयसँग सर्वाधिक ११४ रनको साझेदारी गरेका राहाने सात चौका प्रहार गरे । भारतको बलिङमा भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिए । धवन कुलकर्नी, हरभजन सिंह, स्टुवार्ट विन्नी र अक्षर पटेलले समान एक–एक विकेट हात पारे । भारतको लागि सबैभन्दा किफायति बलिङ गरेको स्पिनर सिंहले १० ओभर मा २९ रन मात्र खर्चे ।
यसअघि भारतले प्रस्तुत गरेको लक्ष्य पछ्याएको जिम्बाबे ४९ ओभरमा अल आउट हुँदै २०९ रनमा समेटियो । जिम्बाबेका लागि चामु चिबाबाले सर्वाधिक(७२) रनको योगदान दिए । उनले एक सय बलको समाना गर्दै नौ चौका प्रहार गरे । त्यस्तै रिचमोन्ड मुतुम्बामी(३२), ग्रेयम क्रेमर(२७) तथा सेन विलियम्सले २० रन बनाए । अन्य कुनै ब्याट्सम्यान चल्न नसके पछि भारतको जित सुनिश्चित भएको थियो ।
जिम्बाबेको बलिङमा नेभल म्याडजिभाले सर्वाधिक चार विकेट लिए । ब्रिन भिटृोरी, डोनाल्ड टिरिपानो, चामु चिबाबा र सिकन्दर राजाले समान एक–एक विकेट हात पारे । भारतको जित सर्वाधिक रन बटुलेको मुरलि विजय प्रतियोगितामा म्यान अफ दि म्याच चुनिए ।
यसअघि भारतले पहिलो एक दिवसीयमा जिम्बाबेलाई चार रनले पराजित गरेको थियो । जितसँगै तीन एक दिवसीयको सिरिज भारतले २–० ले आफ्नो पक्षमा पारेको छ । एकदिवसीय पछि जिम्बाबे भ्रमणमा रहेको भारतले दुई वटा २०–२० म्याच खेल्नेछ । (एजेन्सी)

प्रतिक्रिया