एथलेटिक्समा तीन नयाँ राष्ट्रिय कीर्तिमान

Seemakumari-Tharuकाठमाडौं, २७ असार । नेपाल एथलेटिक्स संघको आयोजनामा सञ्चालन भइरहेको खेलाडीहरूको नेशनल टाइम ट्रेल प्रतिस्पर्धामा तीन राष्ट्रिय कीर्तिमान भङ्ग भएका छन् ।

आज (आइतबार) दोश्रो दिन पुरुषको हाईजम्पमा सूर्य खत्रीले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान राखे । खत्रीले बालकृष्ण चौधरीको १ दशमलव ९७ मिटरको कीर्तिमानलाई उछिन्दै १ दशमलव ९८ मिटरको उचाईको कीर्तिमान राखेका हुन् ।

आजै सम्पन्न महिलाको ज्याभ्लिन थ्रोमा सीमाकुमारी थारुले आफ्नो नाममा रहेको पूरानो ३९ दशमलव ४६ मिटरको रेकर्डमा सुधार गर्दै ४३ मिटरको नयाँ कीर्तिमान राखिन् ।

यस्तै महिलाकै डिस्कस थ्रोमा अमृता महतोले पूरानो रेकर्ड ३४ दशमलव ३७ मिटरमा सुधार गर्दै ३९ दशमलव ८२ मिटरको नयाँ राष्ट्रिय रेकर्ड स्थापित गरिन् ।

राष्ट्रिय कीर्तिमान राख्ने तीनै जना खेलाडीहरू हाल राष्ट्रिय टिममा रहि प्रशिक्षण लिइरहेका छन् ।

यहि टाईम ट्रेल प्रतिस्पर्धामार्फतनै खेलाडीहरूलाई वैदेशिक प्रतिस्पर्धाहरूमा सहभागिता गराइने प्रमुख प्रशिक्षक सुशील नरसिंह राणाले बताए ।

प्रतिक्रिया