सभामुख ज्यू समानुपातिक सभासदलाई विभेद भो

Savasad BICCकाठमाडौं, २६ असार । प्रत्यक्षबाट जितेर आएका र समानुपातिक सभासदहरूबीच विभेद गरेको भन्दै समानुपातिक सभासदहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले प्रत्यक्षबाट जितेर आएका सभासद सरह अधिकार दिनुपर्ने माग गरे ।

संविधानसभामा प्रतिनिधित्व गर्ने दलका समानुपातिक सभासदहरूले आज सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाइ प्रत्यक्षबाट निर्वाचित र समानुपातिक सभासदहरूमा विदेश गर्न नपाइने माग गरेका हुन् । उनीहरूले सरकारले पनि विभेद गरेको गुनासो गरे । उनीहरूले सरकारले समानुपातिक र प्रत्यक्ष सभासदलाई गरेको विभेद सच्याउन आग्रह गरे ।

सबै दलका समानुपातिक सभासदहरूले सरकाले निर्वाचन क्षेत्र पूर्वाधार कोषको नाममा समानुपातिक सभासदलाई विभेद गरेको गुनासो गरे ।

गत आर्थिक वर्षको बजेटमा सरकारले प्रत्यक्ष निर्वाचित सभासदलाई निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको नाममा एक करोड रुपियाँ दिएको थियो ।

समानुपातिक सभासदलाई पनि सोही बराबरको रकम दिन माग गर्दै साना दलको बैठकले सरकारको ध्यानाकर्षण गराए ।

खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार खुम्बुले २५ हजार मत ल्याउने समानुपातिक सभासदलाई सकारले विभेद गरेकाले विभेदन अन्त्य गर्न माग गरिएको बताए । उनले समानुपातिक सभासदहरूलाई पनि प्रत्यक्ष जितेर आएका सभासदले बराबर खर्च गर्न पाउने गरी व्यवस्था गरिनुपर्ने बताए ।

प्रतिक्रिया