भारोत्तोलन संघमा रतन टन्डन

wi-liftingकाठमाडौं । नेपाल भारोत्तोलन संघको तेस्रो साधारणसभाले रतनकुमार टण्डनको नेतृत्वलाई निरन्तरता दिएको छ । संघको शुक्रबार भएको निर्वाचनबाट टण्डनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन
भएको हो ।
संघको उपाध्यक्षमा सुरेन्द्रबहादुर हमाल, सीताराम मास्के र सुनीललाल जोशी छन् । महासचिवमा पार्थसारथी सेन गुप्त, सचिवमा तिलकबहादुर राउत, सहसचिवमा सञ्जय महर्जन र कोषाध्यक्षमा ईश्वरबहादुर श्रेष्ठले निरन्तरता पाए । संघको सदस्यहरूमा विजेन्द्रविक्रम शाह, प्रदीपकुमार श्रेष्ठ, अमरचन्द्र अनिल, दिनेश भुजेल, गीता श्रेष्ठ, सानुकुमार महर्जन, राजेन्द्र प्रधान, जगदीश प्रधान, रोहितकुमार टण्डन, समशुद्धिन सिद्धिकी र रुकेश तण्डुकार छन् । साधारणसभामा २० जिल्लाका ४० प्रतिनिधि र कार्य समितिका ३१ सदस्यको उपस्थिति रहेको थियो । यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले साधारणसभाको उद्घाटन गरे । कार्यक्रममा गंगाबहादुर थापाले नेपाल ओलम्पिक कमिटीको प्रतिनिधित्व गरेका थिए । (सौस)

प्रतिक्रिया