काठमाडौं, २६ असार । सागको आयोजक समितिसँगको छलफलमा कराते पनि समावेश हुने सम्भावना देखिएको नेपाल ओलम्पिक कमिटी(एनओसी)का अध्यक्ष ध्रुवबहादुर प्रधानले बताए ।
भारतको दिल्लीमा भएको बैठकमा दक्षिण एसियाली खेलकुदको आयोजक समितिले नेपालले गरेको यस्तो आग्रहलाई प्राविधिक कमिटीसँगको बैठकपश्चात टुंगो लगाउने भएको छ । सम्भवतः तीन÷चार दिनमा यस विषयमा टुंगो लाग्नेछ । छलफल राम्रो प्रतिक्रिया आएकाले करातेको सहभागिता निश्चित रहेको प्रधान बताउँछन् । प्रधानले भने, नेपालले दिल्लीको बोर्ड बैठकमा करातेलाई पनि समावेश गर्न अडान लिएको थियो । यसअघि भारतमा पनि सागमा सहभागिताको बारे दुईओटा कराते संघबीचको विवाद सुरु भएको थियो । जसकारण सागमा कराते नराख्ने प्रस्ताव गरिएको बताइएको छ ।
केही समय यता सञ्चारमाध्यममा नेपालको सर्वाधिक पदक दिलाउने खेलसमेत रहेको कराते सागमा समावेश हुने कि नहुने भन्ने फरकफरक समाचार बाहिर आएको थियो ।आगामी फेब्रुअरीमा हुने आसन्न सागमा कराते समावेश नहुने चर्चा चलेसँगै करातेका खेलाडी तथा खेल संस्थाहरू चिन्तित बनेका थिए । यस्तो अन्योल स्थिति सिर्जना भएपछि करातेका खेलाडीलगायतको टोली एनओसीका पदाधिकारीसँग छलफलका लागि सातदोबाटोमा पुगेका थिए ।
तथापि, एनओसीले करातेलाई पनि आयोजक कमिटीले सागमा समावेश गर्ने आश्वासन दिइएको लगायत विषयको जवाफ खेलाडीलाई दिइएको थियो । साथै तीन÷चार दिनमा नै यसबारे प्राविधिक बैठकपश्चात आयोजकले नेपाललाई निर्णय दिनेछ । करातेका खेलाडीलाई पनि यसविषयमा जानकारी दिइएको कमिटीका अध्यक्ष प्रधानले बताए ।
प्रतिक्रिया