एसएलसी उत्तीर्णलाई लोयोलाको सम्मान

Nepali-Studentकाठमाडौं, २५ असार । २०७१ सालको एसएलसी परीक्षामा विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई लोयोला उच्चमाविले बिहीबार विशेष कार्यक्रम आयोजना गरी पुरस्कारका साथ बिदाइ

गरेको छ ।
पुरानो बानेश्वरस्थित सिद्धार्थ फुड ल्यान्डमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्राडा. शतीषचन्द्र ओझाको प्रमुख आतिथ्यमा कायक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि र विद्यालयका प्रिन्सिपल श्याम मिश्रले उत्तीर्ण विद्यार्थीलाई बधाईका साथै उच्च शिक्षाका लागि शुभकामना व्यक्त गरे । उक्त कार्यक्रमा विद्यालयका शिक्षक अभिभाक उपस्थित थिए । ओझाले एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकामा विद्यालय प्रशासन, शिक्षक, शिक्षिका एवं उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै उच्च शिक्षामा पनि अझै राम्रो गरेर देखाउन विद्यार्थीलाई शुभकामना दिएका थिए ।
यसै वर्षदेखि सो उमाविमा काठमाडौं विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापकको सल्लाह, शिक्षण तथा व्यवस्थापनमा विज्ञान, व्यवस्थापन तथा मानविकी शास्त्र शंकायमा पढाइ सुरु भएको प्रिन्सिपल डा. सुरजचन्द्र शर्माले जानकारी गराए ।
सोही समारोहमा ‘स्वर्गीय पुष्करदेव पन्त स्मृति प्रतिष्ठान’ का तर्फबाट २०७१ सालमा छात्रातर्फ ९१.७५ प्रतिशत विद्यालयकै सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने अनुष्का ओझा, छात्रतर्फ ८६ प्रतिशत अंक ल्याउने सहर्ष अधिकारीलाई पदक, प्रमाणपत्रसहित सम्मान गरिएको थियो । लोयला उच्च माविबाट १८ विशिष्ट श्रेणीसहित सबै प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए ।

प्रतिक्रिया