लन्डन । पछिल्लोसमय विश्व क्रिकेट खेलका क्रममा क्रिकेटर निधन र गम्भीर घाइते हुने गरेको घटना बढ्दै गइरहेको छ । त्यसैक्रममा बेलायतको एक खेलमा एक क्रिकेट खेलाडीको बलले लागेर मृत्यु भएको छ । बेलायतको सुरेको लिग म्याचका क्रममा बलले लागेर बब्लान पाथमान्थनको मृत्यु भएको सञ्चारमाध्यम बिबिसीले जनाएको छ । २४ वर्षे पाथमन्थनलाई बलले छातीमा लागेर निधन भएको हो ।
पाथमन्थनले ब्रिटिस तमिल क्रिकेट लिगमा मनिपे पेरिस स्पोर्ट्स क्लबबाट ब्याटिङ गरिरहेका थिए । बलले लाग्ने बित्तिकै उनी ढलेपछि एम्बुलेन्स आए पनि उनको निधन भइसकेको चिकित्सकले बताएका थिए । लङ डिट्टेन रिक्रिएसन मैदानमा भएको खेलमा केहीबेर खेलाडीहरूमा निराशता छाएको थियो । यसअघि नोभेम्बरमा अस्ट्रेलियाका ब्याट्सम्यान फिलिप ह्युजको पनि बलले लागेर निधन गएको थियो । (एजेन्सी)
प्रतिक्रिया