रग्वीलाई दक्षिण एसियामा छिट्टै स्थापित गर्छौं : घिमिरे

11692889_806645359449562_20काठमाडौं, २२ असार । रग्वीका राष्ट्रिय प्रशिक्षक गोविन्द घिमिरले छिट्टै नेपाली रग्वीलाई दक्षिण एसियाली देशहरूमा पहिलो राष्ट्रका रूपमा स्थापित गर्ने बताए ।

उनी भन्छन्, ‘नेपालमा रग्वीका लागि राम्रो वातावरण सिर्जना भइरहेको अवस्था यस खेललाई धेरैभन्दा धेरै अन्तर्राष्ट्रियस्तरमा एक्सपोज गर्नसके यस खेलले छोटो समयमा नै राम्रो नतिजा हात पार्न सक्छ ।’ रग्वीको राष्ट्रिय टोलीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्टेडियम दशरथ रंगशालामा दैनिक रूपमा ट्रेनिङ गरिरहेको छ ।
गत वर्षको १७ मार्चमा नेपाली रग्वीले पहिलोपटक राष्ट्रिय प्रतियोगिताको रूपमा सेभन ए साइड च्याम्पियनसिप गरेको थियो । गोविन्द भन्छन्, ‘त्यसलगत्तै हामीले छोटो समयमा नै आफूलाई स्थापित गर्दै ७ देखि नौ अप्रिलमा भारतको चेन्नईमा भएको ओलम्पिक प्रिक्वालिफाइङ खेल्न अवसर प्राप्त ग-यौँ ।’
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा हासिल गर्न नसके पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको बताउँछन् । त्यसको लगत्तै नेपालले भारतको दिल्लीमा र धरानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्यो । दुवै खेलमा नेपाल दक्षिण एसियामा आफू पनि बलियो टोलीका रूपमा उदीयमान हुने खालको खेल प्रदर्शन गरेको थियो ।
केही समयमा नै रग्वीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने र प्रशिक्षण गर्ने दुवै कार्यलाई निरन्तरता दिएकोे छ । अर्का राष्ट्रिय प्रशिक्षक हरिबहादुर लामा समयपपछि भारतमा हुने साफ गेममा रग्वीलाई समावेश गरिएको खण्डमा पदक जित्ने अपेक्षा राखेको बताउँछन् ।
त्यसैगरी, रग्वीले पनि दीर्घकालीन योजनाका साथ केही रणनीति तयार पारिरहेको छ । सघंले पुरुष राष्ट्रिय टोली पनि घोषणा गरेलगत्तै महिला टिम र यू–२० पुरुष टिमको तयारी गरिरहेको छ । विद्यालयस्तरमा पनि रग्वीको खेल सुरु भएको छ । पहिलोपटक अन्तरविद्यालय टच रग्वी प्रतियोगिता गरिसकेको छ ।
रग्वी खेल हाल नेपालका ३५ विद्यालयमा जिआइआरअन्तर्गत टच रग्वी र ट्याग रग्वी प्रशिक्षण भइरहेको छ । जसमा १५ वटा रग्वीका क्लब र १३ जिल्लामा रग्वी खेलको औपचारिक सञ्चालन भइसकेको छ ।
सेभन ए साइडको रग्वी खेलिरहेको नेपालले छिट्टै नै टेन ए साइडमा पनि खेल्ने योजनाका साथ नवीन गिरीको कप्तानी र रविन भुजेलको उपकप्तानीमा २० सदस्य राष्ट्रिय टोली छनोट गरिएको छ ।
पुरुषको टोलीमा कृष्ण क्षेत्री, थमन भुसाल, सुनिल मल्ल ठकुरी, उज्ज्वल बडाल, कृष्ण धमला, सञ्जित ढुगना, विराट ऐडी, निर्मल लामा, प्रेम कोइराला र आभाष घर्तीमगर छन् । त्यस्तै, रोशन तामाङ, श्रीराम श्रेष्ठ, सन्तोष सास्लिङ, रोहित तन्दुकार र आनन्द सागर श्रेष्ठ पनि टोलीमा समावेश छन् ।
यता महिला टोलीमा भने विनोद तामाङको प्रशिक्षणमा सिर्जना श्रेष्ठको कप्तानीमा रसना गुरुङ, सिर्जना राई, मुना बम्जन, अस्मिता चौधरी सुप्रिया गुरुङ छन् । त्यसैगरी, प्रियंका कमाड, दिलासा राणा, एलिषा थापा, कविता ढुंगना, राखी सिंह र सिर्जना घिमिरे रहेका छन् ।
सीमित स्रोतसाधनका बाबजुद जोखिमपूर्ण खेल रग्वीलाई केही समयमा नै अन्तर्राष्ट्रिय स्तरमा उचित नतिजा हासिल गर्नका लागि खेलकुदका सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिएको छ । रग्वीले उच्च नतिजा हासिल गर्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया