“सर्पले सर्पको खुट्टा देख्छ”

Bhaskar-oli

0 कसैसँग मायाँप्रेम बसेको छ ?

– कताकता बसे जस्तो लाग्छ ।

0 कस्तो खालको माया हो ?

– जस्तो सोच्यो त्यस्तै ।

0 युवतीहरूसँग कतिको भेटघाट हुन्छ ?

– कहिले काहीँ हुन्छ ।

0 कस्ता कुराकानी हुन्छन् ?

– म अलि लजालु भएकाले धेरै कुरा गर्ने आँट आउँदैन । युवतीहरूले अगाडि बढेर कुरा गरे भने म पनि पछि पर्दिनँ ।

0 बिहे कहिले गर्ने ?

– सोच्नैपर्छ । अहिलेसम्म योजना छैन ।

0 बिहेका बारेमा कहिले काहीँ सोच्नुभएको छ ?

– कहिले काहीँ एक्लै भएको बेला । मुड फ्रेस भएको बेला बिहे गरुँ जस्तो लाग्छ । तर, कलाकारितामा करियर बनाउने सोचमा छु ।

0 फुर्सदको समयमा केटासँग घुम्न राम्रो कि केटीसँग ?

– अहिलेसम्म त धेरै केटासँग घुम्ने गरेको छु । केटीसँग घुम्ने इच्छा कसलाई हुँदैन र ?

0 बिहे गरेपछि कतिवटा बच्चा बनाउने रहर छ ?

– कम्तिमा दुईवटा त चाहिहाल्यो नि !

0 कलाक्षेत्रकै बिहे गर्ने हो ?

– कलाभन्दा बाहिरकै युवतीसँग बिहे गर्नुपर्ला ।

0 तपाईं त कलाक्षेत्रकै मान्छे ? बाहिरको किन बिहे गर्ने ?

– सर्पले सर्पको खुट्टा देख्छ क्या ! पछि समस्या हुन सक्छ ।

0 काठमाडौंको बसाइँ कस्तो छ ?

– नाटक खेल्यो, सिक्यो । समय हुँदा घुमफिर । ठीकै छ । अलि लामो समय भयो भने घर (दाङ) जान्छु ।

प्रतिक्रिया