दशौँ साक्षर जिल्लामा प्युठान

प्युठान । मुलुककै दसौँ पूर्ण साक्षर जिल्लाको रूपमा प्युठान घोषणा भएको छ ।
जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेरका ५७ दशमलव सात प्रतिशत निरक्षर व्यक्तिहरू साक्षर भएपछि आइतबार जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो ।
जिल्लामा रहेका ४४ हजार आठ सय ३४ जना निरक्षर मध्ये ४३ हजार ६ सय ४८ साक्षर भएका छन् ।
आर्थिक वर्ष ०६७÷६८ मा पाँच हजार दुई सय ४४, ०६८÷६९ मा ६ हजार ४३, ०६९÷७० मा ११ हजार ५४, ०७०÷७१ मा २१ हजार ५१ र ०७१÷७२ मा दुई सय ५६ निरक्षरहरू साक्षर भएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
पूर्ण साक्षर जिल्ला घोषणा गराएकाले केन्द्रीय अनौपचारिक शिक्षा केन्द्रले जिल्ला शिक्षा कार्यालय प्युठानलाई पाँच लाख रुपैयाँ पुरस्कार समेत प्रदान गरेको छ । (सौस)

प्रतिक्रिया