रुकुमका देवबहादुरको मलेसियामा मृत्यु

malesiyaकाठमाडौं । मलेसियामा भएको सडक दुर्घटनामा रुकुम जिल्ला घर भएका एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको सुगाइवुलोस्थित एक कपडा पसलमा कार्यरत रुकुमको साख–६ का देवबहादुर थापाको शुक्रबार राति सडक दुर्घटनामा मृत्यु भएको हो ।

अवैधानिकरुपमा कपडा पसलमा कार्यरत थापाले चलाएको मोटरसाइकल दुर्घटनामा परेको उनका साथी भुपेन्द्र मगरले जानकारी दिए ।

दुई वर्षअघि मलेसियाको जोहर राज्यमा रहेको एक कम्पनीमा काम गर्न आएका थापा कमाइ राम्रो नभएपछि भागेर कपडा पसलमा काम गर्दै आएका थिए ।

थापाको शव स्थानीय अस्पतालमा राखिएको छ । अवैधानिक रुपमा मलेसियामा रहेकाले थापाको शव नेपाल पठाउन कानुनी समस्या भएको मगरले बताए ।

रुकमुमा मृतकका परिवारको आर्थिक अवस्था निक्कै कमजोर छ । उनको शव नेपाल पठाउनमात्रै ५ हजार रिङ्गेटभन्दा बढी लाग्ने अनुमान छ ।

प्रतिक्रिया