काठमाडौं, १९ असार । प्रथम प्यारेन्टस् कप जुनियर लनटेनिस च्याम्पियनसिपअन्तर्गत शुक्रबार संरक्षक भूषण बज्राचार्य र माहिका राणाले यु–१६ तर्फ उपाधि जितेका छन् । सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा संरक्षक भूषणले ब्वाइजतर्फ र माहिनकाले गल्र्सतर्फ उपाधि जितेका हुन् । संरक्षकले प्रणव खनाललाई ६–२, ६–२ ले हराए भने माहिकाले विजिसा श्रेष्ठलाई ६–३, ६–० ले पराजित गरिन् । एक दिनअघि अन्य उमेर समूहको उपाधि तय भएको थियो ।
यु–१४ ब्वाइजतर्फ प्रणव खनालले अदित सुवेदीलाई ६–१, ६–३ ले हराएर उपाधि हात पारे । त्यस्तै, यु–१४ गल्र्सतर्फ इरा रावतले अभिलाषा विष्टलाई ६–१, ६–० ले पराजित गरी उपाधि जितेकी थिइन् । त्यस्तै, यु–१२ ब्वाइजको उपाधि अदित सुवेदीले सम्यकभूषण बज्राचार्यलाई ६–४, ७–५ ले पन्छाएर हासिल गरे । यु–१० ब्वाइजको उपाधि आर्यन गिरिले आदित्य सुवेदीलाई ८–६ ले हराएर जितेका थिए ।
यसैगरी, यु–१८ सेमिफाइनल खेल जित्दै आकृति शाह र मायाका राणा फाइनलमा पुगेका छन् । आकृतिले लक्ष्मी विकेलाई ६–३, ६–१ ले र मायाकाले फुरा शेर्पालाई ६–१, ६–० ले हराएका थिए । जुनियर टेनिस खेलाडीका अभिभावकद्वारा आयोजित प्रतियोगिता शनिबार सम्पन्न हँुदै छ ।
प्रतिक्रिया