वाल्सको हत्याको आरोपमा छोरो पक्राउ

एडिलेड । अस्ट्रेलियाको फुटबल क्लब एडलेड क्रोजका प्रशिक्षक फिल वाल्स आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।
उनको निधनमा उनकै छोराको संलग्नता रहेको भन्दै प्रहरी शुक्रबार पक्राउ गरेको थियो । प्रहरीले वाल्सको शव उनकै घरमा फेला पारेको साउथ अस्ट्रेलिया प्रहरीले जनाएको छ ।
५५ वर्षीय वाल्सको मृत्यु चक्कु प्रहारबाट भएको देखिएको प्रहरीले जनाएको जनाएको थियो । प्रशिक्षक वाल्सको शरीरका थुप्रै भागमा चक्कु प्रहारको घाउ देखिएका छन्
वाल्सको मृत्युपश्चात् प्रहरीले उनकै २६ वर्षीय छारो सिलाइ उनको साथीको घरबाट पक्राउ गरेको थियो । उनको छारो मानसिक बिरामीसमेत हुनसक्ने प्रहरी जनाएको छ ।
वाल्सकी श्रीमती पनि चक्कु प्रहारबाट घाइते भएकी छिन् तर उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
फिल वाल्स सन् २०१४ देखि एडलेड क्रोज फुटबल क्लबका प्रशिक्षक रहँदै आएका छन् । प्रशिक्षक हुनुअघि उनी साउथ अस्ट्रेलियाको भिक्टोरिया स्टेटबाट खेल्थे । उनले भिक्टोरियाबाट एक सय २२ खेल खेलेका थिए । (एजेन्सी)

प्रतिक्रिया