मुम्बई । वृन्दावनबाट जयपुर जाँदा बाटोमा सवारी दुर्घटनामा परेकी प्रख्यात अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीको नाकको प्लास्टिक सर्जरी गरिएको छ । दुर्घटनामा घाइते भएर उनको नाक भाच्चिएपछि जयपुरको फोर्टिस अस्पतालमा भर्ना भएकी उनको नाकसँगै आँखीभाँैको पनि सर्जरी गरिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार हेमाको नाकको घाउ भरिन ६ हप्ता लाग्नेछ भने घाउको खत हट्न ९ देखि १० महिना लाग्नेछ । अस्पतालका डाक्टरले हेमाको स्वास्थ्य अवस्थाबारे सञ्चारमाध्यमलाई जानकारी दिइसकेका छन् । ‘अभिनेत्रीको टाउको र आँखानजिकै चोट लागेको थियो, उनको नाक पनि भाँचिएको छ, त्यसकारण दुवै कुराको एक्स रे र सिटी स्क्यान गरेपछि राति हामीले उनको नाकको सर्जरी गरिदियौँ ।’ डाक्टरले भनेका छन् । हेमालाई भेट्न अभिनेता पति धर्मेन्द्र जयपुर पुगेका छन् ।
राजस्थानको दौसा नजिकै रहेको एक स्थानमा भएको घटनामा एक बच्चाको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । हेमालाई अस्पतालका चिकित्सकले खतराभन्दा बाहिर रहेको सूचना दिइसकेका छन् । यसैबीच दुर्घटनाको समय हेमाको गाडी चलाउनेलाई प्रहरीले पक्राउ गरेर जमानतमा रिहाको
छ । (एजेन्सी)
प्रतिक्रिया