आतंकवाद र महिला

Sarala-Baijuउत्तरपूर्वी नाइजेरियाको एक बजार इलाकामा गत मंगलबार एक १२ वर्षीया बालिकाद्वारा आत्मघाती आक्रमण गराइयो । आक्रमणमा आतंककारी बालिकाले आत्मघाती बम विष्फोटन गराउँदा १० जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका थिए । घाइते हुनेमा ती बालिकाका एक आफन्त पनि परेका थिए ।
त्यस्तै, उक्त आत्मघाती बम विष्फोट गराइएको एक दिन अगाडि सोमबार पनि बोर्नो राज्यको प्रान्तीय राजधानी मैदुगुरीमा एक माछा बजारनजिकै एक १७ वर्षीया युवतीले आत्मघाती बम विष्फोट गराउँदा कम्तीमा २० जनाको ज्यान गएको थियो भने कयौँ घाइते भएका थिए । नाइजेरियामा बोको हराम आतंककारी समूहले युवती र बालिकाको प्रयोग गरी प्रायः बजार इलाकामा सर्वसाधारणलाई लक्ष्य गरी आक्रमण गर्दै आएको छ ।
विश्वमा महिला अधिकार र बालअधिकारको कुरा चर्को रूपमा उठिरहेको छ । तर, त्यही विश्वमा आतंककारी गतिविधिमा महिला र बालबालिकालाई प्रत्यक्ष सम्मिलित गराइएको पाइएको छ । पहिले पहिले आतंकले महिला र बालबालिकालाई प्रत्यक्ष असर मात्र पारेको पाइन्थ्यो भने हिजोआज आतंककारीले प्रत्यक्ष रूपमा उनीहरूलाई सम्मिलित गराई विश्वमा आतंक फैलाउने काम गरिरहेको छ । नाइजेरियालाई उदाहरण मान्ने हो भने अहिले सबभन्दा सजिलो आतंक फैलाउनेमा महिला र बालबालिकालाई लिन थालिएको छ ।
छिमेकी राष्ट्र भारतमा पनि राजीव गान्धीलाई मार्न आतंककारी महिलालाई नै प्रयोग गरिएको थियो । राजीव गान्धीलाई मार्ने महिलाले पनि आत्मघाती बम विष्फोट गराएर उनलाई सिध्याएकी थिइन् ।
इस्लामिक स्टेट (आइएस) का लडाकुले शनिबार सिरियाका विभिन्न सुरक्षा जाँच चौकीमा हमला गर्दा कम्तीमा ४० जना प्रहरीको हत्या भएको थियो । शनिबार विभिन्न चौकीमा कम्तीमा पनि दुई घन्टासम्म आइएस लडाकुले हमला गरी चौकी नियन्त्रणमा लिई प्रहरी, सरकारी सेवा र राष्ट्रिय सुरक्षा बलका अधिकारीहरूको हत्या गरेका थिए । आइएसले यस्तो हमला योजनाबद्ध रूपमा गर्न थालेको छ । यी क्षेत्रमा प्रायः दिनदिनै दोहोरो भिडन्त भई नै रहेको हुन्छ । दिनहँु जस्तो ती क्षेत्रमा प्रहरी मारिने गरेका छन् । दिनहुँ आइएसले हमला गर्ने गरेको छ । जसको कारण उक्त क्षेत्र नै आतंकित बनेको छ । सिरियामा प्रहरी चौकीलाई मध्यनजर गरी प्रायः आतंककारी समूहले हमला गर्ने गरेका छन् । हामा प्रान्तमा बाटो नै बन्द गरी आइएसले हमला गरी मान्छे मार्ने गरेका छन् । त्यहाँ मर्नेमा प्रायः पुरुषहरू नै पर्ने गरेका छन् ।
तर, के आतंकवादले लैंगिकता हेरेर आतंक मच्चाउँछ त ? महिलालाई हामीले प्रेम, स्नेह र ममताकी खानीको एउटा प्रतिबिम्ब ठान्छौ भने बालबालिका भनेको देशको भविष्य तर हिजोआज यी पक्षलाई पनि आतंककारीले छोडेका छैनन् ।
विश्व इतिहासलाई हेर्ने हो भने प्रायः आत्मघाती आतंकमा बढी बालबालिका प्रयोग गरिएको पाइएको छ । सानासाना बालबालिकालाई सानै उमेरदेखि विभिन्न किसिमको तालिम दिएर आतंक मच्चाउन तयार गरिएको हुन्छ । उनीहरू आफ्नो ज्यानको त कुनै वास्ता गर्दैनन् नै, अरूको ज्यान लिन पनि उनीहरू हरेक समय तयार भएको देखिन्छ । निर्दोष जीवनलाई केही क्षणमा समाप्त पार्नु उनीहरूका लागि कुनै नौलौ विषय हुँदैन । विश्वमा हेर्ने हो भने उमेर पुगेकाले भन्दा साना उमेरका बालबालिका आतंककारी समूहमा छिर्ने र आत्मघाती आतंक गरी धेरैको ज्यान लिने गरेको देखिन्छ । साना छोरा मान्छेलाई प्रायः यस्ता आतंककारी घटनामा सम्मिलित गराइएको हुन्थ्यो भने अहिले महिला र साना बालिकालाई पनि यस्ता आतंककारी घटनामा सामेल गराइएको पाइन्छ । नाइजेरियाको घटनालाई लिने हो भने १२ वर्षीया बालिकाद्वारा आत्मघाती बम विष्फोट गराइएको थियो । के ती बालिकालाई आपूmले के गरिरा’छु भन्ने हेक्का होला र ? उनले कुन उद्देश्यका लागी आफ्नो त्यो बालापनको अन्त्य गरिन् ? के उनलाई थाहा होला ?
त्यस्तै १७ वर्षीया किशोरीले जुन काम गरिन्, उनलाई यसबाट के प्राप्त भयो होला ? के उनले आफ्नो जीवनकालमा यसरी नै मृत्यु रोजेकी थिइन् होला त ? आफ्नो मुत्यु त रोजिन् रोजिन्, अरूको मृत्युको कारण पनि आपूm भइन् । उनले यसबाट के प्राप्त गरिन् ? आतंकवादले महिला बालबालिका भनेर छुट्टाउँदैन र हाल आतंक फैलाउन सजिलो साधनका रूपमा महिला र बालबालिकालाई लिन थालेको पाइएको छ ।
महिला र बालबालिकालाई आतंकमा प्रयोग गर्दा अरूको नजर त्यति नजाने भएका कारण पनि महिला र बालिकालाई प्रयोग बढी गर्न थालिएको छ । जसको कारण आतंककारी आफ्नो उद्देश्यमा सफल हुन सजिलो भएको छ । विश्व परिप्रेक्ष्यमा भएको जलवायु परिवर्तन, सभ्यताबीच टकराव, गरिबी, निराशा र तनावका कारण धेरै मानिसहरू आतंकवादलाई पछ्याइरहेका छन् । यसलाई निरुत्साही गर्नु जरुरी भइसकेको छ ।
समाजमा आएको परिवर्तन, बेरोजगारी, भेदभावका कारण पनि आतंकवाद मौलाउने अवसर पाएको छ । यी सब काम भनेको नै हेपाहा प्रवृत्तिले ल्याएको एउटा समस्या हो, ठूलो सानो, बालियो निर्धो, गरिबी, धर्म, भेदभाव जस्ता भावनाले आतंकवाद फस्टाउन मौका मिलेको छ । यसलाई अन्त्य गर्नु निकै जरुरी भइकेको छ । आतंकवाद नियन्त्रण गर्न भाषा पनि एउटा महत्वपूर्ण माध्यम भएको भारतीय विदेशमन्त्री सुषमा स्वराजले बताएकी छिन् । उनले बैंककमा आयोजित १६औँ विश्व संस्कृत सम्मेलनमा संस्कृत भाषाले आतंकवादलाई सहयोग पु¥याउने दाबी गरेकी हुन् ।
– सरला बैजु

प्रतिक्रिया