नेपाल–चीन सम्बन्ध विषयक गहकिलो र आधिकारिक ग्रन्थ

surendera-kcकुटनीति शास्त्री, राजनीतिशास्त्री र पत्रकार जे नामले संवोधन गरे पनि हिरण्यलाल श्रेष्ठ मूलतः एक राजनीतिकर्मी हुन् । त्यस ‘राजनीति’लाई साध्य तुल्याउने क्रममा उनी कहिले राजनीतिज्ञ त कहिले कुटनीतिज्ञ, त्यसै गरी कहिले अध्यापक त कहिले पत्रकार बन्न पुगे । यति हुँदाहुँदै पनि उनले एउटा दिशाबाट चाहिँ स्वयंलाई कहिल्यै विचलित तुल्याएनन, त्यो दिशा थियो– निरन्तर लेख्ने, पढ्ने अनि चिन्तन गरिरहने । फलतः चाहे त्यो पञ्चायतका कठोर दिनहरू होउन् वा रुसी महासंघमा राजदूतका रूपमा काम गर्दा । त्यसैगरी पत्रकारिता गर्दा होस् वा प्राध्यापन गर्दा । प्रत्येक अवसरमा उनी लेख्ने, पढ्ने र पढाउने जस्ता शैक्षिक वा अनुसन्धानमुखी कार्यमा भने अविचलित नै रहँदै आएका छन् ।
यो नै यस्तो कारण हो आज ७४ वर्षको उमेरमा पनि श्रेष्ठ आफ्नो त्यस्तो प्राज्ञिक कार्यमा एक अविश्रान्त यात्रीभैmँ प्रतिवद्ध भई लागि नै रहेका छन् । र, त्यस्तो यात्राको पछिल्लो दृष्टान्तका रूपमा प्रस्तुत कष्हतथ थभबचक या मथलबmष्अ उबचतलभचकजष्उ नामक ५६६ पृष्ठको गहकिलो कृति नेपाली वाङमयले प्राप्त गर्दै छ । नेपाली, नेवारी र अंग्रेजी गरी जम्मा तीन भाषामा साना–ठूला ३१ पुस्तकका लेखक श्रेष्ठको अंग्रेजीतर्पmको चाहिँ यो सातौँ कृति हो । संभवतः यो उनको प्रकाशित वाँकी सम्पूर्ण कृतिभन्दा गहकिलो, भीमकाय र ठोस पुस्तकका रूपमा वाङमयले प्राप्त गर्दै छ । अतः म सुरुमै यस्तो गहकिलो ग्रन्थ दिँदै उमेरले कसैलाई पनि केही गर्न कहिल्यै र कहीँ पनि बाधा हाल्दैन भन्ने ठोस प्रमाणका रूपमा लिँदै लेखक एवं प्रकाशकप्रति सफलता र बधाईको शुभकामनाका दुई शब्दबाट पुस्तक समीक्षाको प्रस्तुत प्रसंग आरंभ गर्छु ।
देशमा केही सीमित ज्येष्ठ नागरिकहरू छन् जो वस्तुतः सरस्वतीका वरदपुत्रहरू नै हुन् । जस्तैः सत्यमोहन जोशी (९५), मदनमणि दीक्षित (९४) र स्वामी प्रपन्नाचार्य (७८), त्यसैगरी हरिराम जोशी (८०) र माणिकलाल श्रेष्ठ (८३) आदि । यिनीहरूकै पंक्तिमा पर्नसक्ने अर्का एक सरस्वती पुत्र हुन् श्री हिरण्यलाल श्रेष्ठ (७४ वर्ष) ।
सुरुका ३३ पृष्ठमा नेपाल–चीनका वरिष्ठ नेता र अधिकारीहरूका ऐतिहासिक तस्बिरबाट सुरु भएको यो पुस्तक नेपाल–चीन दौत्यसम्बन्ध स्थापना भएको अगस्ट १, १९५५ को पृष्ठभूमिबाट अघि बढ्छ । ज्ञातव्य छ, प्राचीन कालदेखि नै यी दुई देशबीच विभिन्न र उचारचढावपूर्ण सम्बन्ध रहँदै आएका छन् । ०७ सालमा चीन र नेपाल दुवै यो राजनीतिक परिवेशमा आएको परिवर्तनसँगै, खासगरी तिब्बतको परम्परागत र संवेदनशील सम्बन्धसँगै यो सम्बन्ध अघि बढ्न थालेका थप प्रसंगबाट प्रस्तुत पुस्तक आकर्षक ढंगले अघि बढेको आभाष हुन्छ ।
यसपछि नेपाल–चीन सम्बन्ध एकपछि अर्काे व्यापारिक तथा मैत्री सन्धीका रूपमा निरन्तर अघि बढ्छन् र तिनले सुसम्बन्ध, विश्वास, सहयोग एवं भरथेगका विशिष्ट शृंखलाहरू निर्माण गर्दै आजको विन्दुसम्म आइपुग्छन् । यी बारेका सुन्दर प्रस्तुति लेखकले अध्यायमै समेटेका छन् । सन् ज्ञढछट, ज्ञढटण् र ज्ञढटज्ञ का नेपाल र तिब्बतलाई जोड्ने अरनिको राजमार्ग निर्माणसम्बन्धी सन्धि सहमतिलगायत नेपालको भाग्य र भविष्यमै दुरगामी प्रभाव अनि हाम्रा दुई देशबीचको सुसम्बन्धका सुनौला कडीहरू यहीँ रचिन पुग्छन् जो वर्तमान चीनको आधुनीकिकरणका पिता देङ् सियाओपिङको प्रयाससम्म आइपुग्दा सुसम्बन्धको विशिष्ट चरणमा प्रवेश गर्छन् ।
नेपाल–चीन सम्बन्धमा कहिल्यै पनि, कुनै प्रकारको अविश्वास, मनमुटाव र चिसोपन अपवादमा पनि सम्बन्धको तगारो भई अघि आउँदैन र नेपाल र चीनका अधिकारीहरूको उच्चस्तरीय भ्रमणको आदानप्रदान पनि त्यत्तिकै उल्लेखनीय हुन पुग्छन् । जसको क्रमवद्ध विवरण पनि यसै अध्यायमा प्रस्तुत हुन्छ । ती मध्ये कुनै भ्रमण पनि अपवादका रूपमा पनि विवादित र निष्प्रयोजन रहेनन्, बरु तिनले दुवै देशबीचको सुसम्बन्धलाई निरन्तर अघि नै बढाउँदै रहे । चाहे ती व्यापारिक ध्येयलाई होस् वा ओलम्पिक खेल, त्यसैगरी चाहे त्यो एक चीन नीति होस् वा तिब्बत र ताइवानसम्वद्ध अन्य विषयहरू होउन, नेपालले कहिल्यै पनि पछाडि फर्कने र चीनको हित नहुने तर्प सोच्नु आवश्यक सम्झेन । सट्टामा चीनले पनि सानो, भूपरिवेष्ठित र पछौटे नेपाल र नेपालीको हकमा जे आवश्यक हुन्थ्यो त्यो गर्नमा कत्ति पनि कञ्जुस्याइँ गरेन । यो नै कारण थियो जसले गर्दा दुई देशबीचको सुसम्बन्ध एकपछि अर्काे रूपमा बलियो र समझदारीपूर्ण दिशामै अग्रसर हुँदै आए ।
कहाँसम्म भने नेपालमा आएका विभिन्न राजनीतिक परिवर्तन र उतारचढावले समेत यिनमा कत्ति फरक पारेनन् । फलस्वरूप आज चीन नेपालमा लगानी गर्ने प्रमुख राष्ट्रका रूपमा उभिन आएको मात्र छैन, उसको नेपालप्रतिको सद्भावना पनि झन् बढेको छ । चाहे त्यो उसले नेपाली विकासको पूर्वाधार निर्माणका रूपमा होस् वा पर्यटन प्रवद्र्धन र व्यापारिक आदानप्रदान कै प्रश्नमा होस्, प्रत्येक विन्दुमा सही अर्थमा नेपाल–चीन भाइभाइका रूपमा अग्रसर छन् । यसैको निष्कर्षमा पुस्तक भन्छ– आज नेपालमा विदेशी पुँजी लगानी गर्ने चीन प्रमुख राष्ट्र भएको छ भने पर्यटनतर्पm उसको द्वितीय स्थान देखिन्छ । त्यसैगरी दुईदेशका बीचको व्यापारिक आदानप्रदान र त्यसको उज्यालो पक्ष देखेका नेपालीहरू धमाधम चिनियाँ भाषा सिक्नेतर्प प्रवृत्त हुनबाट पनि नेपाल–चीन सुसम्बन्ध एउटा विशिष्ट चरणमा प्रवेश गरिरहेको आभाष हुन्छ ।
अध्याय तीनपछि ग्रन्थ झन् चाखलाग्दो चरणमा प्रवेश गर्छ र दुईदेश बीचका पार्टीहरूका बीचको सुसम्बन्ध एवं पारस्परिक भ्रमणको आदानप्रदानको श्रृंखला उभ्याउन थाल्दा केबल कम्युनिस्ट पार्टीहरू (नेकपा) मात्र नभई चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका गैरवामपन्थी पार्टी बीचको भ्रमणको आदानप्रदानको प्रसंग पनि देखापर्न थाल्छ । भारतीय कम्युनिष्ट नेता श्रीपादअमृत डागेंको सम्पर्क सूत्रमा नेपाली कम्युनिस्ट नेता गौरीभक्त प्रधानले कसरी चिनियाँ कम्युनिस्ट पाटी र नेकपा बीचको पार्टीगत सम्बन्धकोे गाँठो बाँधे अनि के कस्ता श्रृंखला हुँदै अघि बढे र त्यो आजको अवस्थासम्म आइपुग्यो भन्ने सविस्तार वर्णन यसमा यथेष्ट पाउन सकिन्छ । जहाँ नेपाली कांग्रेसदेखि नेपालका विभिन्न वामघटक वा नेता र चिनियाँ नेताबीच चलेकोे शृंखलावद्ध पार्टीगत भ्रमणले पनि एकअर्कालाई चिनाउन, नजिक्याउन अनि सहकार्य र सहयोग बढाउनमा उल्लेख्य योगदान पु¥याएको मान्न सकिन्छ । यसै अध्यायमा लेखकले दुइदेश बीचको सैनिक तथा सुरक्षा संवद्ध आदानप्रदानको यथार्थलाई पनि गहिराईका साथ उठाएको पाइन्छ जो मूलतः नेपाल–चीन सुसम्बन्धको मौलिक कारक तत्व पनि हो किनकि चीनले कहिल्यै पनि केही लुकाउने गरेको छैन भने नेपालमा चीनको मुख्य स्वार्थ भनेकै यसको सामरिकता कुनै तेस्रो पक्षले एकचीनका विरुद्ध कुनै पनि गतिविधि गर्न नसकोस् भन्ने नै हो । यही कारण थियो । चीनले झट्टपट्ट नेपालको शान्ति क्षेत्र प्रस्तावलाई मान्यता प्रदान ग-यो । दुर्भाग्य, विश्वका ११६ मुलुकले समर्थन गरी सक्दा पनि हाम्रो निकट दक्षिणी छिमेकी भारतले यसप्रति समर्थन नजनाएपछि त्यसको औचित्य मात्र सिद्धिएन त्यसलाई नेपाल र नेपालीको हितमा अपनाउने अभियानमा लागेको राजतन्त्र र उसैको वंश विनाश नै हुनपुग्यो नेपालबाट । तथापि, चीन आफ्नो अरु माथि हस्तक्षेप नगर्ने र आफु पनि हस्तक्षेप नचाहाने नीतिबाट कहिल्यै पछि हटने । यसैकारण दक्षिणतर्फको सीमांकन कार्य हालसम्म हुन सकिरहेको छैन मात्र होइन सँगसँगै ७१ बढि स्थानहरुमा हाम्रा दुईदेश बीच अझै पनि किचलो, खटपट र तलवितल जारी रहेको अवस्था छ भने चीन तर्फ यस्ता कुनै किचलो विद्यमान छैनन् ।
उक्त बाहेक यस अध्यायमा तिव्वती शरणार्थी समस्या, खम्पा विद्रोह र त्यसको दमनमा नेपालले पूर्ण शक्तिका साथ चीनलाई साथ दिई त्यसलाई निमिट्यान्न पारेको र हालसम्म पनि स्वतन्त्र तिव्वत पक्षधरहरुलाई नेपालमा ढलिमलि गर्न नदिईएको र हालै विनाशकारी भूकम्पमा आफ्नो कुत्सित दुराशय पूरा गर्न चाहने चीनकै अभिन्न अंग ताइवानी गतिविधिहरूले पनि नेपालमा प्रोत्साहन पाउने संभावना विरलै छ । यसपछिका अध्याय चारदेखि सातसम्मले भने विकास, बौद्ध धर्म र क्षेत्रीय रूपमा कसरी नेपाल–चीन हातेमालो गरी अघि बढ्न सक्छन् र तिनको यथार्थ र सम्भावना के छ ? जस्ता विषयमा समेत प्रकाश पारिएको देखिन्छ भने अन्तिम तथा अध्याय आठ चाहिँ उपयुक्त अध्यायहरूको निष्कर्षका रूपमा प्रस्तुत छ ।
इतिहास हेर्ने हो भने नेपालले तिब्बतचीनसँग तीन वटा भीषण युद्धहरू लडेको अनि अन्तमा सन् १९५१ मा तिब्बतमाथि चीनको पूर्णअधिकार कायम अघिसम्म तिब्बत नेपालकै व्यापारिक प्रभुत्वमा रहेको पाइन्छ । सन् १९५६ मा जब नेपाल र नवचीनका बीच मैत्री तथा व्यापारिक सन्धी सम्पन्न भयो तब त्यसलाई नेपाल–चीन मैत्री तथा वाणिज्य सन्धीका रूपमा रुपान्तरित गरियो । त्यसयता कुनै क्षेत्र र प्रसंग यस्तो छैन जब चीनको नेपाललाई एउटा असल र विश्वासिलो मित्रको सट्टा केही न केही नगद वा जिन्सी सहयोग नगरेको होस् । ट्रलीबस सेवादेखि तिब्बत जोड्ने अरनिको राजमार्ग । त्यसैगरी मुग्लिङ–नारायणघाट र काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग । अनि–भृकुटी कागज कारखानादेखि हरिसिद्धि इँटा टायल कारखाना सम्मका सयाँ पूर्वाधार निर्माणमा पनि चीनले नेपाललाई अन्तर हृदयबाट नै सहयोग गर्दै आएको छ । यस्तो कसरी र कुन रूपमा सोको मसिनु विवेचना पाइन्छ । पुस्तकको अध्याय चारमा सविस्तारमा वर्णन छ ।
किटानी उल्लेख गर्दा विश्वव्यापी रूपमा चीनले गर्ने आर्थिक सहयोगको प्रकृति, किसिम र स्थितिको सन्दर्भमा उसले नेपाललाई गरिआएका सहयोगहरूको राम्रो फेहरिस्तको पुस्तकमा सटिक विवेचना पाइन्छ, जो अन्यत्र विरलै पाइन्छ । पृ. १७९ मा चीनियाँ सहयोगमा बनाइएका उत्कृष्ट परियोजनाहरूको क्रमागत उल्लेख हेर्दा कुनै पनि नेपालीको मन नरोइरहन सक्दैन । किनभने महान चीनले आफ्ना जनताको गाँस काटेर दिएका त्यस्ता संरचनाहरू ०४७ पछिका सरकारहरूले या त ट्रली बस सेवा जसरी विनास नै पारिसके, होइन भने उदारीकरण र नीजिकरणको नाममा सिध्याइदिए । चाहे त्यो बाँसबारी छाला जुत्ता कारखाना होस् वा भृकुटी कागज कारखाना । त्यसैगरी हेटौँडा कपडा कारखाना होस् वा लुम्बिनी सुगर मिल । अब प्रतीक्षा के छ भने यिनले कति चाँडो भरतपुरको बिपी कोइराला क्यान्सर हस्पिटल र काठमाडौंका सिभिल अनि आयुर्वेदिक केन्द्रहरू पनि त्यसरी नै सिध्याउने हुन् ! आश्चर्य लाग्छ ! यस्तो धुन्धुकारी प्रवृत्ति देख्दादेख्दै पनि चीन नेपालमाथि असीम स्नेह राख्छ भन्ने तथ्य यही वैशाख १२ गतेको विनाशकारी भूकम्पमा पनि उसले खुल्ला हृदयबाट नेपाल र नेपालीको उद्धार, राहत एवं पुनः निर्माण कार्य प्रति आफ्नो तत्परता, सहयोगको लागि आह्वान र निरन्तरको सक्रियताले पनि पुष्टि गरेकै पाइयो ।
यसपछि आउँछ नेपाल–चीन व्यापारिक आदानप्रदान जो दुवै देशबीच सेप्टेम्बर १९५६ मा उसको स्वशासित तिब्बतसँग चालु परम्परागत व्यापारिक सम्बन्धलाई बदलिएको परिप्रेक्ष्य अनुरूप परिस्कृत गर्ने ध्येयले अभिप्रेरित थियो । त्यसयता लगातार हाम्रा दुई देशबीच व्यापारिक आदानप्रदान संवद्ध विभिन्न सन्धि–संझौता मात्र सम्पन्न भएका छैनन्, त्यसप्रकारको व्यापारमा दुवै देश वा निजी क्षेत्र पनि त्यत्तिकै सक्रिय र संलग्न रहँदै आएका छन् । जहाँ नेपालबाट चीनतर्पm निकासी हुने सात हजार सात सय ७८ वस्तुमाथिको भन्सार दर शून्य गराइदिए पनि नेपाल त्यसबाट लाभान्वित हुन नसक्दा भारतसँग डरलाग्दो व्यापारघाटा बेहोरी आएको नेपाल चीनसँगको व्यापारमा पनि त्यत्तिकै घाटाग्रस्त रहिरहेको र त्यस्तो घाटाप्रवृत्ति दिनप्रतिदिन दु्रतदर मात्रामा अघि बढ्दै गरेको स्थिति छ जसलाई लेखकले तालिका मार्पmत पनि ठोस रूपमा प्रस्तुत गरिराखेको पाइन्छ । र, त्यस्तो तालिका नेपालमा चीनको बढ्दो लगानीका सन्दर्भमा समेत प्रस्तुत छन् । खासगरी यस सन्दर्भमा चीनले नेपाललाई भारतबाट पूर्व पाकिस्तान नजिकैको काराकोरम, लद्दाखसम्म विस्तार गर्ने जुन सुनौलो सपना प्रस्तावित छ त्यसले आर्थिक विनष्टीकरणको कघारमा उभिएको नेपाललाई ठूलो त्राण मिल्नेमा विश्वास गर्ने प्रशस्त आधारहरू छन् किनभने जुन विगत तीन दशकमा नेपाल विश्वको निर्धनतम मुलुकतर्पm घसेटिदा सोही तीन दशकमा चीन विश्वको नम्बर एक अर्थतन्त्र भइसक्यो, त्यस्तो चीनले चाहे के हुन्न र ?
पुस्तकको अध्याय पाँच र ६ ले हाम्रा दुईदेश बीच सदियौंदेखि चलिआएका धार्मिक, सामाजिक एवं सांस्कृतिक सुसंबन्धका फेहरिस्त प्रस्तुत हुँदा तिनमा कसरी नेपालमा जन्मिई भारतमा मूर्तिकृत भएको वुद्ध धर्म तिब्बतको बाटो चीनसम्म पुग्यो ? अनि हाम्रा दुई देशबीच कसरी वैवाहिक एवं सांस्कृतिक सम्बन्ध र अन्य आदानप्रदानहरू प्राचीन कालदेखि नै चल्दै आए ? भन्ने प्रसंगहरूको पनि सविस्तार वर्णन छ । अनि अध्याय सातमा चाहिँ कसरी नेपाल र चीनले विभिन्न क्षेत्रीय, असंलग्न, दुईपक्षीय, बहुपक्षीय र संयुक्त, राष्ट्रसंघमा पारस्परिक संयोजनको विधिमार्पmत सहकार्य गरे ? भन्ने उत्कृष्ट विवरण एवं विचेचना पनि प्रस्तुत छन् । यी विवेचना किन पनि विशिष्ट छन् भने केवल अंशलाई र तेस्रो विश्वका आन्दोलन र हक अधिकार संवद्ध विषयमा मात्र नेपाल–चीनले भाइभाइको रूपमा सहकार्य गरेका होइनन् । संयुक्त राष्ट्र संघमा चीनले स्थायी सदस्यको हैसियत पाउनुपर्छ भन्ने मध्येको अग्रपंक्तीमा उभिने देश पनि नेपाल नै हो जहाँ आज भारतको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने नांगो प्रस्तावक मुलुक पनि यही नेपाल हुँदै छ । भनिरहनु पर्दैन यी सबै प्राप्ति वा कमीकमजोरीको समष्टिका रूपमा अध्याय आठ प्रस्तुत छ जो ग्रन्थको निष्कर्षको नाममा आएको छ ।
पृष्ठ २७० बाट सुरु हुन्छ भारी भरकम परिशिष्ट अध्याय जो ५६६ पृष्ठ मध्ये २८७ पृष्ठ ओगटी बसेको स्थिति छ । यसको तात्पर्य भयो– ३०० मध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिशिष्ट संवद्ध सामग्र्री संलग्न रहेका छन् । निश्चय नै यी सामग्रीहरू ऐतिहासिक महत्वका नै छन् जहाँ दुई देशबीच विभिन्न समयमा भएका राष्ट्राध्यक्ष र अन्य अधिकारीहरूले आदानप्रदान गरेका भ्रमणका अवसरमा जारि संयुक्त वक्तव्य, अभिभाषण । त्यसैगरी सम्पन्न संन्धिसंझौता, विभिन्न घटना यहाँसम्म कि संयुक्त राष्ट्रसंघमा विभिन्न अधिकारीद्वारा व्यक्त संभाषणहरू पनि यसमा समेटिएका छन् । जसलाई दुईदेशका सिन्हवा र राइजिङ नेपालजस्ता पत्रिकाहरूले कुन रूपमा बुझ्ने, विवेचना र संम्प्रेषण गरेका थिए, ती पक्षहरू पनि जस्ताका तस्तै पुनः उद्धृत गरिएका छन् । फलस्वरूप ग्रन्थ आधिकारिक, भरपर्दाे एवं संग्रहणीय बनेको छ । निश्चय नै पुुस्तकको मूल्य रु.१,०००।– आम नेपालीका लागि महँगो नै लाग्छ । तथापि यसको तुलनामा लेखक र प्रकाशकले नेपाल–चीन सम्बन्धको क्षेत्रमा यो बहुमूल्य प्राज्ञिक कार्यमार्पत जे योगदान पु¥याउने प्रयास गरेका छन्, त्यो अझ महत्वपूर्ण भएकाले दुवै धन्य र बधाईका पात्र छन् ।

किताब : M Sixty years of Dynamic
Partnership
लेखक : हिरण्यलाल श्रेष्ठ
सम्पादक : प्रेमकुमारी पन्त
प्रकाशक : M Nepal China Society
पृष्ठ संख्या : ५६६
मूल्य : १,०००।–
०००

प्रतिक्रिया