नेदरल्यान्ड्ससँग नेपालले यसरी गुमायो शृङ्खला

Nepal-Cricket-Tolyकाठमाडौं, १८ असार । नेदरल्यान्ड्समा जारी नेपाल र नेदरल्यान्ड्सबीचको चार म्याचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत बिहीबार साँझ खेलिएको तेस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८ रनले पराजित गरेको छ ।

जितका लागि १५० रनको चुनौती पाएको नेपालले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सकेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४९ रन बनाएको थियो ।

यो हारसँगै नेपालले चार खेलको शृङ्खला ३–० ले गुमाएको छ । अब अन्तिम एक खेल मात्र खेल्न बाँकी छ ।

शेपालका तर्फबाट कप्तान पारस खड्का (३६), शरद भेसवाकर (२४), प्रदीप ऐरी (१८), ज्ञानेन्द्र मल्ल (१७) र सुवास खकुरेल (१४) ले योगदान दिनुबाहेक अन्य खेलाडी दोहोरो अङ्कको रनसमेत बटुल्न सकेका थिएनन् ।

नेपालका करण केसीले दुई, सागर पुन, वसन्त रेग्मी र शक्ति गौचनले एक÷एक विकेट लिएका थिए ।

नेपाली टोलीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, विनोद भण्डारी, शरद भेसवाकर, सागर पुन, शक्ति गौचन, सोमपाल कामी, प्रदीप ऐरी, वसन्त रेग्मी र करन केसी रहेका थिए । (फाइल तस्बिर)

प्रतिक्रिया