नेदरल्यान्डसँग नेपालको लज्जास्पद हार

काठमाडौं, १८ असार । नेपालले दोस्रो टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेदरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ । बुधबार राति भएको खेलमा नेपालले टस जितेर नेदरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसमा नेदरल्यान्डले नेपालमाथि १ सय ३ रनको फराकिलो जित दर्ता ग¥यो ।

यसअघि नेरदल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेदरल्यान्डका लागि माइकल स्वर्टले अविजित रहँदै सर्वाधिक (७६) र बेन कुपरले(६६)रनको योगदान दिए । त्यस्तै, विस्ले बारसि (१२),टोभिएस भिसी(४) र मुदासार बुखारी(१) रनमा आउट भए ।
नेदरल्यान्डले सुरुआती पाँच ओभरमा खासै राम्रो सुरुआत गरेको थिएन । उसले ६ ओभरमा १ विकेट गुमाएर २६ रन मात्र जोडेको थियो । पहिलो विकेटको रूपमा टिभियस भिसी आउट भए । दोस्रो विकेटका लागि स्वर्ट र कपुरले १ सय ३१ रनको बलियो साझेदारी गरेका थिए ।
तेस्रो विकेटका लागि १३ रनको साझेदारी गरेको नेदरल्यान्डले अन्तिम ओभरको अन्तिम बलमा बुखारीलाई गुमाएको थियो । नेदरल्यान्डको सामू फिक्का साबित भएका नेपाली बलरले अन्तिम दुई ओभरमा दुई विकेट लिएका थिए ।
नेपालको बलिङतर्फ सोमपाल कामीले २ र करन शर्मा तथा अभिनास कर्णले समान १–१ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै २ ओभरमा २४ रन खर्चे । करनले भने सबैभन्दा महँगो साबित हँुदै ४ ओभरमा ४१ रन खर्चे ।
कुल १ सय ७३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले १७.४ ओभरमा १० विकेट गुमाउँदै ६९ रनमा समेटिएको थियो । शरद भेषवाकरले जोडेको (१८) रन नेपालका लागि सर्वाधिक रन थियो । सोमपाल कामीले(१४) तथा ज्ञानेन्द्र मल्लले (१२) रन जोडे । नेपालका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जसमा सुवास खकुरेलले(६), अविनाश कर्णले(४)तथा विनोट भण्डारी,कप्तान पारस खड्का, वसन्त रेग्मी र करण केसीले (२) रन मात्र जोड्न सके । राजेश पुलामी मगर र प्रदीप ऐरीले रनको खातानै खोल्न सकेनन् ।
यसअघि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालका लागि राम्रो सुरुआत दिलाउँदै पहिलो आभेरमा ३ चौका प्रहार गरेका थिए । उनी आउट भएसगैँ नेपालले विकेट गुमाउन सुरु गरेको थियो । नेपालले ७.४ ओभरमा २९ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो ।
त्यसपछि ब्याटिङ गर्न आएका सोमपाल कामीले समेयमित ब्याटिङ गर्दै टि–ट्वान्टी क्रिकेटमा अहिले सम्मकै कम स्कोरमा अल आउट हुन बाट बचाए थिए । यसअघि नेदरल्यान्ड नै श्रीलंकासगँ ३९ रनमा अलआउट भएको थियो ।
नेदरल्यान्डको बलिङतर्फ नेपाललाई सस्तैमा समेट्ने क्रममा माइकल रिप्पोनले ३, थिज भान साल्भेन र पल भान मिकेरेनले समान २–२ विकेट लिए । त्यस्तै, मुदासार बुखारी,अहसन मल्लिक र म्याक्स वो डउडले समान १–१ विकेट हात पारे ।
नेपालले नेदरल्यान्डसँग चारवटा ट्वेन्टी–ट्वेन्टी खेल खेल्नेछ । जसमा २ खेलमा नेदरल्यान्ड २–० ले अगाडि छ ।

प्रतिक्रिया