ग्रिसका विषयमा गलत इतिहास नबनाऔँ

BGRI-greece-biking-10लन्डन, १५ असार । विश्वका ख्यातिप्राप्त अर्थशास्त्रीहरूले मंगलबार बेलायतको फाइनान्सियल टाइम्स पत्रिकामा एक पत्र प्रकाशन गरी युरोपेली युनियनका नेताहरूलाई ग्रिसलाई जमानत दिने विवादमा गलत इतिहास नबनाउन आग्रह गरेका छन् ।

नोबेल पुरस्कार बिजेता अमेरिकी नागरिक जोसेफ स्टिगलिज तथा फ्रान्सेली प्रमुख अर्थशास्त्री थोमस पिकेटीले अन्य हस्ताक्षरकर्ताका साथमा ग्रिसका विषयमा नयाँ आरम्भ गर्न आग्रह गरे ।

उक्त पत्रको आरम्भमा उनीहरूले युरोपेली नेताहरूलाई गलत इतिहास नबनाउन आग्रह गरेका हुन् । उनीहरूले मङ्गलबारसम्म आईएमएफलाई १.५ युरो बराबर भुक्तानी गर्न ग्रिसलाई सक्षम बनाइदिन आग्रह गरे ।

ग्रिसलाई जमानत दिइएको कार्यक्रम २२ः०० जीएमटीमा अन्त्य हुनेछ । यसपछि आजै आईएमएफलाई भुक्तानी गर्नुपर्ने ठूलो ऋण पनि भुक्तानी नहुने भएको छ ।

एथेन्सले यो रकम यो मितिमा तिर्न नसकिने बताएको छ । यसरी ग्रिस ऋण तिर्न नसक्ने मुलुकको रूपमा रहनेछ ।

पत्रमा ग्रिसको अर्थतन्त्रलाई सुकाउने मितव्ययीपनाको नीतिलाई आईएमएफकै अनुसन्धान विभागले श्रेय नदिएको अवस्थामा नयाँ आरम्भ गर्न आग्रह गरिएको छ ।

पत्रमा सिरिजाका नेताहरूले आफूले गर्नसकिने भएमा ग्रिसमा दूरगामी सुधार गर्न तयार रहेको बताएको उल्लेख गरिएको छ ।

यस पत्रमा इटालीका पूर्व प्रधानमन्त्री तथा हाल फाउन्डेसन अफ युरोपियन प्रोग्रेसिभ स्टडिजका अध्यक्ष मासिमो डालेमाले पनि हस्ताक्षर गर्नुभएको छ ।

पत्रमा विश्वका अर्थशास्त्रका प्रमुख विद्यालयका प्राध्यापकहरूले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया