कम्युनिस्ट पार्टीका सदस्य आठ करोड ८० लाख

Chin Comunist Partyबेइजिङ, १५ असार । चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या आठ करोड नाघेको छ । प्रेस विज्ञप्तिका अनुसार पार्टीका सदस्य सङ्ख्या आठ करोड ८० लाख पुगेको बताइएको छ ।

यो सदस्य सङ्ख्यालाई जर्मनीको जनसङ्ख्याभन्दा पनि बढी भनी उल्लेख गरिएको छ । पार्टीले पछिल्लो वर्ष यसका सदस्यमा ११ लाख थप गरेको बताइएको छ ।

कम्युनिस्ट पार्टीको विज्ञप्तिलाई उद्धृतगरी चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार पार्टीको सदस्य सङ्ख्या सन् २०१४ को अन्त्यसम्ममा थप ११ लाख बढेका छन् ।

उक्त विज्ञप्तिमा दिइएअनुसार चिनियाँ कम्युनिस्ट पार्टीमा हरेक वर्ष कम्तीमा पनि १.३ प्रतिशत सदस्यता वृद्धि भइरहेको छ ।

यो सदस्यता वृद्धिलाई पार्टीमा भएको सुदृढीकरणका रुपमा लिइएको सो पार्टीको विज्ञप्तिमा जनाइएको छ ।

चीनमा सन् १९४९ देखि कम्युनिस्ट पार्टीको सरकार रहेको छ । यही बुधबार चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना दिवस हो ।

त्यसैले सो वार्षिकोत्सवको अघिल्लो दिन पारेर पार्टीको सदस्यता बारेको यो समाचार सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया