यार्सागुम्बासहित तीन जना पक्राउ

काठमाडौं, १५ असार । बिना ईजाजत राजस्व छलेर बिक्री गर्न लागेको अबैध यार्सागुम्बासहित प्रहरीले दुई जनालाई काठमाडौंमा पक्राउ गरेको छ ।

४ किलो ७ सय ५० ग्राम यार्सागुम्बासहित प्रहरीले भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक फुलपिङकट्टी–६ घर भएका ३७ वर्षीय देवानन्द खड्का र ३८ वर्षीय नेत्रविक्रम खड्कालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई प्रहरीले आइतबार गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्तीस्थित कान्छीमाया तामाङको घरबाट तन्नामा सुकाइरहेको अवस्थामा यार्सागुम्बासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसारमा बुझाएको छ ।

यसैगरी नुवाकोट ककनी–३ घर भएका २२ वर्षीय कुमार लामालाई पनि प्रहरीले ९ सय १५ ग्राम यार्सागुम्बासहित पक्राउ गरेको छ ।

प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले सोमबार तारकेश्वर नगरपालिका–२१ शेषमतीमा उनी सवार बा.३४ प ३८७९ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त यार्सागुम्बा बरामद भएको थियो ।

प्रतिक्रिया