दैनिक चार घन्टा पढ्थेँ

Deechit-paudel-slc-topperदीक्षित पौडेल २०७१ सालको एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी हुन् । नयाँ बानेश्वरस्थित भ्याली भ्यूबाट ९४ प्रतिशत अंक ल्याई सर्वोकृष्ट अंक ल्याएका पौडेलले दैनिक चार घण्टा पढ्ने गरेको बताउँछन् । भविष्यमा डाक्टर बन्ने लक्ष्यका साथ अहिले उनी साइन्स पढ्ने तयारीमा रहेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

प्रतिस्पर्धामा अब्बल ठहरिनुभयो । तपार्इंलाई कस्तो लागेको छ ?
एकदमै खुसी लागेको छ । मिहिनेतको फल मिठो हुँदोरहेछ भन्ने लागिरहेको छ ।

एसएलीका बेला तयारी गर्दा कति घन्टा अध्ययन गर्नुहुन्थ्यो ?
म सुरुबाटै मिहिनेत गर्थेें । अगाडिबाटै मिहिनेत गर्ने हुँदा एसएलसीको समयमा खासै लोड परेन । सुरुसुरुमा दैनिक दुई घन्टा पढ्ने गर्थेँ तर एसएलसी आउनै लाग्दा चाहिँ दैनिक चार घन्टा पढ्थेँ ।

तपाईं आफ्नो सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
सबैभन्दा पहिले त मेरो बुवाआमालाई दिन चाहन्छु । त्यसपछि मेरो स्कुलका सबै शिक्षकहरू । जसले मलाई अहिलेको अवस्थामा पुर्‍याउनुभयो ।

आफूले सर्वोत्कृष्ट अंक हासिल गरेको कसरी थाहा पाउनुभयो ?
मैले मेरो बुबाबाट थाहा पाएँ ।

भविष्यमा के बन्ने योजना छ ?
म मुटुरोग विशेषज्ञ बन्न चाहन्छु ।

एसएलसी परीक्षामा अनुत्तीर्ण हुने साथीहरूलाई के भन्न चाहनुहुन्छ ?
जीवनमा हरेस कहिल्यै खानुहुन्न । असफलता नै सफलताको जननि हो । मिहिनेत गरेपछि एक न एक दिन सफल भइन्छ । मिहिनेत नै सबैभन्दा ठूलो कुरा हो भन्न चाहन्छु ।

प्रतिक्रिया