खेलकुदमन्त्रीको निर्णयले एमालेमा विवाद

Purshottam-poudel

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफूले एनेअनुसार काम गरेको बताए । आइतबार साँझ उनले सौर्यसँग भने, ‘राष्ट्रिय खेलकुद विकास ऐन–०४८ को दफा ३ (३) बमोजिम गरेको हुँ, कानुन मिचेर केही गरेको छैन ।’ मन्त्री पौडेललाई बर्खास्त गरिएको समाचारसमेत आएका खबरसँगै उनी आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । ‘अध्यक्षज्यूले बोलाएकाले गएको हुँ,’ पौडेलले भने, ‘निर्णय सच्याउन सकिन्छ कि भनेर सोध्नुभयो, मैले पुनर्विचार गरुँला भन्ने जवाफ दिएँ ।’

प्रतिक्रिया