उत्तरपूर्वी भारतमा भूकम्प

assam_map_sनयाँ दिल्ली, १३ असार । उत्तरपूर्वी भारतीय राज्य आसाममा आइतबार बिहान सबेरै भूकम्प गएको वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ः४० मा गएको सो भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु कोकराजहार जिल्लामा रहेको बताइएको छ । भूकम्प र त्यसपछिका कम्पनहरु छिमेकी राज्यहरुमा समेत महसुस गरिएको जनाइएको छ ।

यद्यपि यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया