माहिका अपराजित

Mahiकाठमाडौं । ‘रोड टु सिंगापुर’मा सहभागी हुने जुनियर टेनिस खेलाडीको छनोट प्रतियोगिताको यु–१६ उमेरसमूहमा दोस्रो चरणको खेल सकिँदा माहिका राणा शनिबार अपराजित छिन् ।   सातदोबाटोस्थित टेनिस कोर्टमा भएको राउन्ड रोविन लिगमा माहिका राणाले विजिशा श्रेष्ठलाई ८–२ र स्लेशा प्रधानलाई ८–० ले पराजित गरिन् । विजिशाले मायांकालाई ९–८ ले हराइन् । त्यस्तै स्लेशा प्रधान विरुद्धको खेलमा मायांका ८–० ले विजयी भइन् ।
यु–१४ उमेरसमूहमा इरा राउतले मेधावी गिरीलाई ८–२ तथा खुसी पाण्डेलाई ८–३ ले पन्छाइन् । अभिलाषा विष्टले प्रेरणा कोइरालालाई ८–२ र मेधावी गिरीलाई ८–३ ले पराजित गरिन् । अघिल्लो दिन इरा र अभिलाषाले एक–एक जितेका थिए । ६ खेलाडी सहभागी यस स्पर्धामा इरा र अभिलाषा दुवै अपराजित छन् ।
प्रेरणा कोइरालाले सलोनी तामाङलाई ९–७ तथा खुसी पाण्डेले पनि सलोनी तामाङलाई नै ८–४ ले हराए । आ–आफ्नो उमेरसमूहमा पहिलो हुने खेलाडी ‘रोड टु रेस’का लागि छनोट हुने आयोजक अखिल नेपाल लनटेनिस संघले जनाएको छ । (सौस)

प्रतिक्रिया