पत्रकारलाई तालिम

काभ्रे । काभ्रेलाई कर्मभूमि बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मीलाई लक्षित गर्दै धुलिखेलमा विकास पत्रकारितासम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
जिल्ला विकास समितिको कार्यालय काभ्रेको आयोजना तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा आयोजित तालिममा स्थानीय निकायमा भएका काम, कारबाही, त्यहाँ रहेका मुद्दालाई कसरी पत्रकारिताको माध्यमबाट बाहिर ल्याउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
पैतालिस जना सञ्चारकर्मी सहभागी तथा दुई दिनसम्म चलेको आवासीय तालिममा वरिष्ठ पत्रकार तीर्थ कोइराला, मोहन मैनाली, डाक्टर चिन्तामणि योगीलगायतले प्रशिक्षण दिएका थिए । जिल्लामा क्रियाशील सञ्चारकर्मीका लागि स्थानीय निकायमा रहेका विभिन्न गतिविधिको बारेमा जानकारी दिन सहज होस् र सीपको पनि विकास होस् भनेर तालिमको आयोजना गरिएको काभ्रेका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले बताए । (सौस)

प्रतिक्रिया