मुरारका, राजकर्णिकार र राणाले अध्यक्षमा उम्मेदवारी दिए

Election_of_FNCCI-3काठमाडौं, १२ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकासहित तीन जनाको आज उम्मेदावरी परेको छ ।

उम्मेदवारी दिनेमा मुरारकासहित अर्का वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र पूर्वउपाध्यक्ष भवानी राणा रहेका छन् ।

महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा जेल चलान भएपछि सो पद रिक्त थियो । अध्यक्षका लागि असार १८ गते निर्वाचन हुँदैछ ।

महासंघको अध्यक्षमा सर्वसम्मत चयनको प्रयास असफल भएपछि निर्वाचन हुन थालेको हो ।

अध्यक्षको निर्वाचनमा मुरारकालाई मारवाडी औद्योगिक घरानाहरूको समर्थन छ ।

राजकर्णिकारलाई पूर्वअध्यक्षहरू सुरज वैद्य, विनोदबहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठलगायतका समर्थन छ रहेको दाबी गरिएको छ ।

भवानीलाई पूर्वअध्यक्ष चण्डीराज ढकालले समर्थन गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया