यस वर्ष छुट्टाइएको १ अर्ब व्याज अनुदानले अर्को ५० अर्ब लगानीको वातावण बनाउँछ त्यो पनि मुलत युवालाई भन्ने अपेक्षा थियो । र सोध्यौं १ अर्ब छुट्टाएकोमा कति खर्च भयो ? उत्तर आयो १० लाख जति भयो होला । ५० अर्बभन्दा बढी ऋण प्रवाह होला भनेको ५० करोड पनि भएको छैन । एउटा प्रश्न उठ्यो, हामी पुनःर्निर्माणलाई स्रोत जुटाउँदै छौं, जुट्दै पनि छ । पैसा चपाउन मिलेन, रोप्न मिलेन खर्च गर्न हामी सक्दैनौं के गर्ने ? २ खर्बको पुँजीगत खर्चमा त यस्तो छ हाम्रो हालत, पुनःर्निर्माणको लागि छुट्टाएको खर्बौं खर्च कसरी गर्छौं हामी ?
प्रतिक्रिया