मिस्टर नेपाल असोज पहिलो साता

काठमाडौं । गत वैशाखको विनाशकारी भूकम्पका कारण स्थगित पन्ध्रौँ मिस्टर नेपाल राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता असोजको पहिलो साता हुने भएको छ ।
प्रतियोगिता पूर्वनिर्धारित स्थान विराटनगरमै असोज १ र २ गते हुने नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । भूकम्पअघि प्रतियोगिता गत जेठ २२ र २३ गते हुने भनिएको थियो ।
करिब ३० जिल्लाका ७० खेलाडीको सहभागिता रहने अनुमान संघको छ । ५५, ६०, ६५, ७०, ७५, ८० केजी र ८० केजीमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । (सौस)

प्रतिक्रिया