‘लिपुलेक हाम्रो हो’भन्दा प्रहरीद्वारा लाठी प्रहार

NCP-Maobadi

‘संविधानले दिएको अधिकारअनुसार आज हामीले गरेको प्रदर्शनमा सरकारले दमन गर्‍यो’, विश्वकर्माले भने, ‘राष्ट्रियतामाथीको आक्रमणविरुद्ध भएका शान्तिपूर्ण प्रदर्शनमा दमन हुनु अत्यन्तै दुःखदायी हो ।’ कुमालसहितका घाइतेहरूलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको प्रवक्ता विश्वकर्माले बताए । प्रहरीले प्रदर्शनमा उत्रिएका नेकपा माओवादीका नेता तीलक परियार, शुदर्सन मंगोल, पत्रकार पुष्प न्यौपाने, युवा संगठनका नेता राधाकृष्ण गौतमलगायत ३० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेको प्रवक्ता विश्वकर्माले बताए ।

प्रतिक्रिया