काठमाडौं । सन्दीद भट्टराईको अध्यक्षतामा पश्चिमाञ्चल विकास क्षेत्रीय साउन्ड टेबल टेनिस संघ, तदर्थ समिति मंगलबार गठन गरिएको छ ।
पाल्पामा गठन गरिएको सात सदस्यीय क्षेत्रीय कार्य समितिको उपाध्यक्षमा सुन्दरी गौतम, महासचिवमा खिमानन्द गैरे तथा कोषाध्यक्षमा कुशल पाण्डे रहेको काठमाडौं जिल्ला खेलकुद विकास समितिका साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । सदस्यमा विष्णु दर्लामी, राधिका पोखरेल र साविर भाट क्षेत्री छन् ।
तालिम सम्पन्न
यसैबीच, जिल्ला विकास समिति, पाल्पाको आर्थिक सहयोग तथा सिर्जनशील अपांग स्वावलम्बन केन्द्रको आयोजनामा साउन्ड टेबलटेनिस तालिम पाल्पामा मंगलबारै सम्पन्न भएको छ ।
तालिममा ८–८ पुरुष र महिला गरी १६ प्रशिक्षार्थी सहभागी थिए । पाँच दिनसम्म चलेको तालिम प्रशिक्षक कुमार पौडेलले सञ्चालन गरेका थिए । (सौस)
प्रतिक्रिया