मिरपुरम । बंगलादेशले भारत विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट शृंखला जित्यो । आइतबार राती सम्पन्न दोस्रो एक दिवसीय खेलमा भारतलाई ६ विकेटले हराउँदै बंगलादेशले शृंखला आफ्नो कब्जा ग-यो । जितसँगै बंगलादेश सन् २०१७ मा हुने च्याम्पियन्स ट्रफीका लागि छनोट भएको छ ।
यसअघि भएको पहिलो एकदिवसीयमा बंगलादेशले भारतलाई ७९ रनले पराजित गरेको थियो । यो जितसँगै घरेलु टोली बंगलादेशले भारतविरुद्ध पहिलोपटक एक दिवसीय शृंखला जितेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४५ ओभरमा अलआउट हुँदै २०० सय रन जोड्यो । भारतका लागि शिखर धवनले(५३) तथा महेन्द्रसिंह धोनीले(४७) रनको योगदान दिए । सुरेश रैना(३४),विराट कोहली(२३) र रविन्द्र जडेजाले(१९) रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशको बलिङतर्पm भारतलाई सस्तैमा समेट्ने क्रममा मुस्ताफिजुर रहमानले ६ विकेट लिए । पहिलो एकदिवसीयमा उनले बंगलादेशको लागि ‘डेब्यु’ गर्दै ५ विकेट लिएका थिए । उनी आफ्नो देशका लागि डेब्यु खेलमा नै ५ विकेट लिने दोस्रो बलर समेत बने । साथै उनले डेब्यु खेलपश्चात् लगातार दुई खेलमा ५ वा बढी विकेट लिने कीर्तिमानसमेत बनाएका छन् । त्यस्तै नासिर हुसेन र रुबेल हुसेनले समान २–२ विकेट लिए । जवाफमा वर्षाले प्रभावित खेलमा बंगलादेशले ४७ ओभरमा २ सय रन बनाउनुपर्ने नयाँ लक्ष्य प्राप्त ग¥यो । डर्क लुइसको नियमअनुसार प्राप्त गरेको लक्ष्य बंगलादेशले ३८ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । जसका लागि शकिब हल हसनको अविजित ५१ रन महत्वपूर्ण पारी खेले । उनले जारी शृंखलामा लगातार दोस्रो अर्धशतक बनाए । बंगलादेशका लागि लिटन दास(३६), सौम्य सरकार(३४), मुक्फिकर रहिम(३१) र सबिर रहमानले(२२) रन जोडे ।
भारतको बलिङमा धवन कुलकर्नी, रविचन्द्र आश्विन र अक्षर पटेलले समान १–१ विकेट लिए । जितपछि एक दिवसीय वरीयताको सातौँ स्थानमा उक्लिँदै बंगलादेशले सन् २०१७ को च्याम्पियन्स ट्रफी क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । जितपश्चात बंगलादेशले ९३ अंक प्राप्त गरेको थियो । वरीयताको आठौँ स्थानमा वेस्ट इन्डिज छ भने पाकिस्तान नवौँ तथा आयरल्यान्ड दशौँ स्थानमा छन् । च्याम्पियन्स ट्रफीमा आइसीसी वरीयताका शीर्ष ८ टोली सहभागी हुन पाउने प्रावधान छ । (एजेन्सी)
प्रतिक्रिया