विद्यार्थी मानविकीका प्रश्नपत्र विज्ञानको

Nepal_law_campusकाठमाडौं, ८ असार । नेपाल ल क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तहको मौका परीक्षाका परीक्षार्थीलाई अर्कै संकायको प्रश्नपत्र बाँडेको छ । प्रमाणपत्र तहको मौका परीक्षामा मानविकी संकायका गणित विषयको परीक्षामा विज्ञान संकायको गणित विषयको प्रश्नपत्र बाँडेका हो ।

सोमबार बिहान भएको परीक्षामा क्याम्पसले मानविकी संकायका प्रथम वर्षको एक सय पूर्णाङ्कको अतिरिक्त गणित विषयको परीक्षामा क्याम्पस विज्ञान संकायको गणित विषयको प्रश्नपत्र बाँडेको थियो । सोमबार प्रमाणपत्र तह विज्ञान संकायको अनिवार्य गणित विषयको परीक्षासमेत थियो ।
भक्तपुर बहुमुखी क्याम्पसका मानविकी संकायका गणित विषयको मौका परीक्षामा सम्मिलित चार परीक्षार्थी क्याम्पसको लापरबाहीले विज्ञान विषयको परीक्षा दिन बाध्य भए ।
परीक्षा सुरु भएको दुई घन्टा बितेपछि कक्षा गार्ड शर्मिला केसीले परीक्षार्थीलाई पुनः मानविकी संकायको प्रश्नपत्रको उत्तर लेख्न भनेकी थिइन् । तर, विद्यार्थीले पुनः अर्को प्रश्नपत्रको उत्तर नलेख्ने भन्दै बीचमै हलबाट बाहिरिएका थिए । परीक्षार्थी सानुमैया जाकीबन्जारले क्याम्पसको लापरबाहीले आफूहरूलाई विज्ञान संकायको गणित विषयको परीक्षा दिन बाध्य पारेको बताइन् ।
‘परीक्षा सुरु हुनेबित्तिकै कक्षा गार्डलाई विज्ञान नभई मानविकी संकायको परीक्षार्थी हौँ, अर्को प्रश्नपत्र चाहियो भनेर जानकारी गराएकी थिएँ’, उनले भनिन्, ‘तर उहाँले एउटै प्रश्नपत्र आएको भन्दै परीक्षा दिन बाध्य पारे ।’
उनले आफूले यसपटक अन्तिम मौका पाएकाले अर्को संकायको प्रश्नपत्र दिएको भविष्यमाथि खेलबाड गरेको बताइन् । ‘यसपटक मेरो अन्तिम मौका परीक्षा थियो’, उनले भनिन्, ‘तर विज्ञान संकायको प्रश्नपत्र दिएर राम्रो गर्न सकिएन ।’ क्याम्पस भने परीक्षा नियन्त्रण कार्यलय बल्खुले दुवै संकायको प्रश्नपत्र पठाएको थियो ।
क्याम्पसका स्ववियुका पूर्वसचिव हरि पंगेनीले परीक्षार्थी उत्तरपुस्तिका जाँच गर्दा समस्या नपर्ने गरी प्रश्नपत्र र उत्तरपुस्तिका एउटैमा अट्याच्ड गरेर पठाइने जानकारी गराए । क्याम्पसमा दुवै संकायको गणित विषयको प्रश्नपत्र आए पनि एउटै बाँडिएको थियो ।
क्याम्पस प्रमुख कर्णबहादुर थापाले आफूबाट लापरबाही भएको स्वीकार गरे । ‘हामीबाट लापरबाही भएकै हो,’ उनले भने, ‘विद्यार्थी समयमा जानकारी गराएको भए । हामीले पुनः अर्को प्रश्नपत्र बाँड्ने थियौँ ।’ उनले परीक्षार्थीको समस्याबारे परीक्षा नियन्त्रण कार्यालयलाई पत्र लेखेर जानकारी गराइने बताए । ‘विद्यार्थीले जुन प्रश्नपत्र हल गरेका छन्, त्यहीलाई आधार मानेर उत्तरपुस्तिका जाँच गर्न पत्र लेख्छौँ’, उनले भने ।

प्रतिक्रिया