भूकम्पपीडितको पैसाले नायिका प्रियंकाको गाडी खरिद !

नायिका प्रियंका कार्कीलाई भूकम्पपीडितको नाममा च्यारिटी गरेर संकलित पैसाले किनेको भनेर आरोप लागेको गाडी र उनको तस्बिर ।

नायिका प्रियंका कार्कीलाई भूकम्पपीडितको नाममा च्यारिटी गरेर संकलित पैसाले किनेको भनेर आरोप लागेको गाडी र उनको तस्बिर ।

काठमाडौं, ७ असार । नायिका प्रियंका कार्कीले आफू चढ्दै आएको गाडीका विषयमा आएका समाचार र टिकाटिप्पणीप्रति आक्रोशित भएकी छिन् । उनले आफ्नै परिश्रमबाट गाडी किनेर चढेको दाबी गरेकी छन् ।

अभिनेत्री कार्कीले आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर च्यारिटीको पैसाले गाडी खरिद गरेको टिप्पणीप्रति आक्रोश र चिन्ता जनाएकी हुन् ।

‘मेरो गाडीको विषयमा धेरै नाना थरी कुराहरू सुन्दै छु, पढ्दै छु’, नायिका कार्कीले भनेकी छिन्, ‘एक्दम चित्त दुखेर आयो ।’

नायिका कार्कीले भूकम्प जानु दुई दिनअघि गाडी किनेर भित्र्याएको दाबी गरेकी छिन् । उनले आफूले किनेको गाडीमा च्यारिटीको पाँच लाख रुपियाँ खर्च नगरिएको दाबी पनि गरेकी छिन् ।

भूकम्पपीडितका लागि लन्डनमा च्यारिटी कार्यक्रम गरेर नायिका कार्कीसहितका कलाकारले रकम खाएको आरोप लागेपछि उनको खण्डन आएको हो । नायिका कार्कीसहित गायकद्वय शिव परियार र अञ्जु पन्तलाई पनि सो आरोप लागेको छ ।

च्यारिटीको रकम अहिलेसम्म लन्डनका स्थानीय आयोजकहरूले नेपाल नपठाएको दाबी कार्कीको छ । ‘च्यारिटीको त्यो पैसा अहिलेसम्म आयोजकहरूले नेपाल पठाउनु भएको छैन’, कार्कीले भनेकी छिन् । उनका अनुसार च्यारिटी कार्यक्रमबाट पाँच लाख उठाउन सफल भएको उल्लेख गरेकी छिन् ।

लन्डनका स्थानीय आयोजकहरूप्रति औँला उठाउँदै नायिका कार्कीले पाँच वटा कार्यक्रमबाट संकलन भएको पाँच लाखमा आयोजकहरूले रकम थप गरेर नेपाल पठाउने सहमति भएको बताएकी हुन् ।

च्यारिटी गर्दा लन्डनका स्थानीय आयोजकहरू आफूसहित गायिका अञ्जु पन्त र गायक शिव परियारलाईसमेत पारिश्रमिक नदिएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

‘के त्यो ५ लाखमा मेरो गाडी आयो होला त ? अलि अलि तपाईहरू पनि वुद्धि लगाउनुस न । हुनै नसक्ने कुरामा यत्तिकै औँला उठाउने, आरोप लगाउने ?’, सन्देशमा नायिका कार्कीले मनको बह पोखेकी छिन् ।Priyanka-Karki-Facebook

प्रतिक्रिया