तालिवानद्वारा अर्काे जिल्ला कब्जा

Kunduz-afghanistanकुन्दुज, ७ असार । तालिवानहरुले अफगानिस्तानको अर्काे एक जिल्ला पनि कब्जा गरेको समाचार छ । प्राप्त समाचारअनुसार उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा अवस्थित एक जिल्ला कब्जा गरेका छन् ।

आइतबार राति रातभर तालिवान र सरकारी सुरक्षा फौजबीच भिडन्त भएको थियो । सो भिडन्त सकिएसँगै सोमबार बिहान सुरक्षाकर्मीहरुले सो जिल्ला गुमाइसकेका बताइएको छ ।

उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा अवस्थित देस्त ए आर्ची जिल्ला तालिवानले कब्जा गरेको समाचार सरकारी सुरक्षा निकायहरुले पनि पुष्टि गरेका छन् ।

उक्त जिल्लाका सरकारी कार्यालय, अन्य भवनहरुका साथै बजार क्षेत्र नै उनीहरुले कब्जामा लिएको समाचारमा जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको भवन अगाडि सोमबार बिहानसम्म पनि भिडन्त जारी नै रहेको छ । उक्त कार्यालय प्रान्तीय राजधानी कुन्दुजबाट करिब ४० किलोमिटर परमात्र रहेको छ ।

अधिकारीहरुले भिडन्त शनिबार बिहान पनि जारी रहेको तर पनि जिल्लाको अधिकांश क्षेत्र तालिवानहरुले कब्जा गरिसकेको जानकारी दिएका छन् ।

जिल्लाका गभर्नर नसरुद्दिन सहादीले सुरक्षाकर्मीहरुले बडो सचेतताका साथ सर्वसाधारणको हताहत रोक्न सकेका भन्दै जिल्लाको अधिकांश भूभाग भने कब्जा गरिसकेका जानकारी दिए ।

गएको शनिबारमात्र पनि तालिवानहरुले चारदारा जिल्लालाई कब्जामा लिएका थिए । उनीहरुले कुन्दुज जिल्लाबाट पाँच किलोमिटरमात्र टाढा रहेको सो जिल्लालाई कब्जामा लिएका थिए ।

प्रतिक्रिया