काठमाडौं, ७ असार । पाटन पुनरावेदन अदालतले आइतबार नेपाल क्रिकेट संघ(क्यान) का दुई सदस्यलाई बर्खास्त नगर्न राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव शकुन्तला नगरकोटीलाई अन्तरिम आदेश दिएको छ ।
जसका लागि पाटन पुनरावेदनले क्यानको दुई सदस्य दीपक साउद र रञ्जित तामाङलाई स्टे अर्डर दिएको थियो । अदालतको स्टे अर्डरसगँै क्यान सदस्य साउद र तामाङले आफूहरूमाथि अन्याय भए पनि आफूहरूले छिट्टै न्याय पाएको बताए ।
पाटनका न्यायाधीश मोहनबहादुर कार्की र कृष्णप्रसाद बास्तोलाको संयुक्त इजलासले तोकिएको पदावधी छँदै बर्खास्तसम्बन्धी निर्णय नगर्न आदेश दिएका थिए । साथै पुनरावेदनले क्यानको विधानबमोजिम सफाइको मौकासमेत नदिए फिर्ता बोलाएको देखिएको भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश जारी ग¥यो । आदलतले सदस्यहरूले गल्ती नगरी उनीहरूलाई फिर्ता बोलाइएको निर्णय गलत भएको ठहर गरेको थियो ।
नगरकोटीले गत सोमबार क्यान सदस्य रञ्जित तामाङ र दीपक साउदलाई पदमुक्त भएको पत्र थमाएकी थिइन् । तर, क्यानका सदस्यहरूले आफूहरू कानुनी रूपमा चार वर्षीय कार्यकालका लागि नियुक्ति भएको र आफूहरू माथि सदस्यसचिवले अन्याय गरेको भन्दै पाटन पुनरावेदनको अन्तरिम आदेशको माग गर्दै रिट दायरा गरेको थिए । त्यसपछि अदालत छलफलका लागि दुवै पक्षलाई आइतबार बोलाएको थियो । तथापि, दुई सदस्यको हितमा नै अदालतले निर्णय जारी गरेको गर्यो ।
नेपाल क्रिकेट संघ क्यानको विधानमा दुई जना केन्द्रीय सदस्य राखेपको सिफारिसमा नियुक्त हुने व्यवस्था छ । जसअन्तर्गत रञ्जित तामाङ र साउद चार वर्षीय कार्यकालका लागि सदस्यमा मनोनीत भएका थिए ।
अब पुनरावेदनको यो आदेशसँगै राखेपमा काम चलाउ सदस्यसचिवको जिम्मेवारी पाएकी शकुन्तला नगरकोटीले आफूले नै गरेको निर्णयलाई फिर्ता लिनुपर्ने छ ।
वर्तमान युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडले पनि मन्त्रालयमा आगमनसँगै गरेको बर्खास्तीसम्बन्धी निर्णयमा पराजय भोग्नुपरेको थियो । ३२ जेठमा राखेपमा निमित्त सदस्यसचिवको रूपमा नियुक्ति भएकी नगरकोटीले पनि मन्त्रीले जस्तै क्यानका सदस्यलाई फिर्ता हुन निर्णय गरेकी थिइन् । लामाको कार्यकाल सकिएपछि निमित्त सदस्य सचिवको जिम्मेवारी पाएकी नगरकोटीले तामाङ र साउदलाई फिर्ता बोलाइएको पत्र थमाएकी थिइन् ।
राखेपमा सदस्यसचिव पदबाट युवराज लामाले चार वर्षे कार्यकाल २८ जेठमा पूरा गर्दै राखेपबाट बिदा लिएका थिए । लामाको बिदाइसँगै आफ्नो भागमा परेको राखेप सदस्यसचिव पदमा विवाद उत्पन्न भएपछि एमाले नगरकोटीलाई निमित्त सदस्यसचिवको रूपमा नियुक्ति गरेको थियो ।
यसअघि नगरकोटीले खेलकुद क्षेत्र नै समालेर राखेपमा नियुक्ति भएकी हुनाले स्वाभाविक रूपमा खेलकुदमा केही विकास होला भन्ने खेलप्रेमी र आम मानिसले केही आशा नै लिएका थिए । तर, नगरकोटीको पहिलो प्रथामिकता नै विवादित विषयमा नै रह्यो ।
युवा तथा खेलकुद मन्त्रालयकमा पुरुषोत्तम पौडेल खेलमन्त्री भएर आएपछि उनले आफ्नो पहिलो कार्य योजना नै तत्कालीन सदस्यसचिव युवराज लामालाई बर्खास्त गर्ने नै बनाएका थिए । जसमा वर्तमान खेलकुदमन्त्री रहेको पौडेलले सर्वाेच्च अदालतको ढोकामा पुगेर स्पष्टीकरण दिनुपर्ने अवस्था नै सिर्जना भएको थियो । पौडेले आफ्नो कार्यकालमा खेलकुदमा विकास गर्नुभन्दा धेरै निवर्तमान सदस्यसचिव लामासगैँ जुहारी खेल्न नै अग्रसर भएका थिए ।
तथापि, नगरकोटीले राखेपमा निमित्त सदस्यसचिवको जिम्मेवारी पाएकी हुनाले उनले छोटो समयमा नै खेलकुदमा विकास र सद्भाव कायम गर्न सक्नुपर्ने हो । जसका लागि उनले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने उनको लक्ष्य र दायित्व थियो ।
तर, उनी भने क्यानका सदस्य फिर्ता गर्न लागिपरिन् । र, दुई जना केन्द्रीय सदस्यलाई फिर्ता बोलाइएको पत्र थमाउन पुगिन् । उनको यो कदमले उनी पनि खेलकुदमन्त्री जस्तै छोटो समय नै धेरै विवादित सदस्यसचिव हुने अनुमान गर्न थालिएको छ ।
प्रतिक्रिया