पाँच खेल सम्पन्न

karate-teamअसार, ७ गते । छात्रमा पश्चिमाञ्चलका रोहित अधिकारी र छात्रामा मध्यपश्चिमाञ्चलकी राजपुरा पछाईं सातौँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्सतर्फ ५ हजार मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् ।

रोहितले निर्धारित दूरी पूरा गर्न १७ मिनेट १०.९ सेकेन्ड समय खर्चे । सुदूर पश्चिमाञ्चलका हरिसिंह महरा दोस्रो र मध्य पश्चिमाञ्चलका तिलक ओली तेस्रो भए । राजपुराले निर्धारित दूरी तय गर्न १९ मिनेट ४९.५ सेकेन्ड समय लगाइन् ।
सुदूरपश्चिमाञ्चलकी गौरी भट्टराई दोस्रो र मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तेस्रो बने । छात्रको चार सय मिटर दौड ५३.११ सेकेन्डमा पूरा गरेका पश्चिमाञ्चलका प्रभुनाथ कुँवरले शीर्ष स्थान कब्जा गरे । सुदूरपश्चिमाञ्चलका शिवराज पार्की दोस्रो र मध्यमाञ्चलका अरुण महतो थारू तेस्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी तारा मल्ल पहिलो भइन् । ताराले एक मिनेट ०६.९ सेकेन्डमा दौड पूरा गरिन् । सुदूरपश्चिमाञ्चलकी अनिता भुल दोस्रो र पश्चिमाञ्चलकी अनिषा भण्डारी तेस्रो भए ।
ज्याभ्लिन थ्रोको छात्रमा मध्यमाञ्चलका वीरेन्द्र चौधरी पहिलो भए । उनले ४७.५१ मिटर टाढा फाले । मध्यपश्चिमाञ्चलका प्रतीक विक दोस्रो र मध्यपश्चिमाञ्चलकै तिलक विक तेस्रो स्थानमा रहे ।
त्यसै स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी निरुता शाही ३२.०४ मिटर टाढा फाल्दै पहिलो बनिन् । मध्यमाञ्चलका प्रमिला माझी दोस्रो र देवी मल्ल तेस्रो भए । छात्र लङजम्पमा मध्यपश्चिमाञ्चलका प्रितम खड्का पहिलो भए । उनले ५.८६ मिटर हाम्फाले । मध्यमाञ्चलका भुवन महतो दोस्रो र पूर्वाञ्चलका श्याम चौधरी तेस्रो बने । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी प्रमिला चौधरी पहिलो भइन् । निरुताले ४.३३ मिटर टाढा फालिन् । पश्चिमाञ्चलकी विपना परियार दोस्रो र सीमा चौधरी तेस्रो भए ।
मध्यमाञ्चल अगाडि 
उसुमा पाँच स्वर्ण, तीन रजत र तीन कास्य जितेको मध्यमाञ्चल टिम च्याम्पियन बन्यो । दोस्रो स्थानको सुदूरपश्चिमाञ्चलले एक स्वर्ण, दुई रजत र एक कास्य हात पा-यो ।
बुद्ध र अप्सरा उत्कृष्ट 
करातेको छात्रतर्फ पश्चिमाञ्चलका बुद्ध लामा र छात्रामा मध्यमाञ्चलकी अप्सरा मोक्तान उत्कृष्ट खेलाडी घोषित भए । बुद्धले ४२ केजीमा स्वर्ण जिते भने अप्सराले एकल काता र ४५ केजीमा गरी दोहोरो स्वर्ण हात पार्न सफल भइन् । करातेको अन्तिम दिन छात्रा ४० केजीमा मध्यमाञ्चलकी करुणा श्रेष्ठले फाइनलमा सुदूरपश्चिमाञ्चलकी निशा थापालाई पराजित गर्दैै स्वर्ण जितिन् । छात्रको ४७ केजीमा मध्यमाञ्चलका रोहित बुढाथोकी पहिलो भए । उनले फाइनलमा मध्यपश्चिमाञ्चलका अजय घर्ती मगरलाई हराए । समग्रमा मध्यमाञ्चलले टिम च्याम्पियनको उपाधि चुम्यो । मध्यमाञ्चलले चार स्वर्ण, दुई रजत र दुई कास्य जित्यो । एक स्वर्ण, दुई रजत र चार कास्यका साथ पूर्वाञ्चल दोस्रो तथा एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ मध्यपश्चिमाञ्चल तेस्रो स्थानमा रहे ।
मध्यमाञ्चल टिम च्याम्पियन 
तेक्वान्दोमा मध्यमाञ्चलले टिम च्याम्पियनको उपाधि जित्यो । मध्यमाञ्चलले दुई स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त ग¥यो । दोस्रो भएको सुदूरपश्चिमाञ्चलले दुई स्वर्ण, एक रजत र तीन कास्य हात पा¥यो । एक स्वर्ण, तीन रजत र एक कास्यमा पूर्वाञ्चल तेस्रोमा सीमित भयो ।
छात्रमा मध्यमाञ्चलका तिलक तामाङ र छात्रामा सुदूरपश्चिमाञ्चलकी गीता विष्ट उत्कृष्ट खेलाडी चुनिए । तिलकले ४५ केजी र गीताले ४६ केजीमा स्वर्ण जितेका थिए । छात्रको ४८ केजीमुनि सुदूरपश्चिमाञ्चलका भोजराज भट्ट तथा ५१ केजीमुनि मध्यपश्चिमाञ्चलका अरुण बस्नेत पहिलो भए । छात्राको ४२ केजीमुनि पूर्वाञ्चलकी पार्वती राई तथा ४४ केजीमुनि मध्यमाञ्चलकी शीला गुरुङले स्वर्ण जिते ।
पश्चिमाञ्चल र मध्यमाञ्चल फाइनलमा 
भलिबलको छात्र र छात्रा दुवैमा पश्चिमाञ्चल र मध्यमाञ्चल उपाधिका लागि भिड्ने भएका छन् । छात्रमा पूर्वाञ्चल र छात्रामा मध्यपश्चिमाञ्चल तेस्रो भए ।

प्रतिक्रिया