होराइजन च्याम्पियन

basketballइटहरी, ६ असार । सुनसरीको इटहरी २४ तरहरामा सञ्चालित जिल्ला स्तरीय नकाउट बास्केटबल प्रतियोगिताको उपाधि धरानको होराइजन क्लबले हात पारेको छ । तरहरामा रहेको डियर क्लब अफ तरहराले पहिलो चोटी आयोजना गरेको उक्त प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल आर्मीको वटुक दल गणलाई ४२–३२ ले हराउँदै धरानको होराइजन क्बलले उपाधि कब्जा गरेको हो । फाइनल खेलमा वटुकदल गण इटहरीलाई १० स्कोरको अन्तरले हराउँदै होराइजनले उपाधि चुमेको हो ।

उपाधिसँगै होराइजन क्लब धरानले १० हजार रुपैयाँ पायो । उपविजेताले ६ हजार रुपैयाँ पायो । विजेता टोली तथा खेलाडीलाई बास्केटबल संघ सुनसरीका अध्यक्ष सुधीर लिम्बूले पुरस्कार वितरण गरे । धरान बिपी केएच एस, इमाटोल क्लब धरान, बटुक दल, राजदल गण इटहरी, हरियाली क्लब सिनियर र जुनियर धरान, यलम्बर क्लब धरान, डिसिटी क्लब तरहरा रातो र निलो गरी १२ ओटा टिमले सहभागिता जनाएको प्रतियोगिता ३० जेठबाट सुरु भएको थियो ।
सोही प्रतियोगिताको समापनका अवसरमा पूर्वाञ्चल वृद्धा असहाय केन्द्रकी अध्यक्ष अपांगता भएकी तृप्ता मगरलाई एक थान ह्विलचियरसमेत निःशुल्क वितरण गरियो ।
क्लबका अध्यक्ष गुरुङले मगरलाइ सो ह्विलचेयर वितरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नगेशचन्द्र राई, एमालेका राजकुमार राई, नागरिक समाज तरहराका सचिव मणिराम श्रेष्ठ, खानेपानी संस्था तरहराका दलेन्द्र खडका, बास्केटबल संघ सुनसरीका अध्यक्ष सुधीर लिम्बूलगायतले मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया