काठमाडौं । ओलम्पिक डेको अवसरमा पोखरामा आयोजित बक्सिङ प्रतियोगितामा अरुण गुरुङले स्वर्णपदक जितेका छन् । उनले ४९ केजी तौलसमूहतर्फ किसन गुरुङलाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् । त्यसैगरी ५६ केजीतर्फ मिलन थापा मगर अमृत गुरुङलाई हराउँदै स्वर्ण जिते ।
६४ केजीतर्फ योक्ता राजले लीलाराज गुरुङलाई हराउँदै स्वर्ण जिते । त्यसैगरी ६० केजीसमूहको प्रतिस्पर्धामा अविनाश गुरुङले स्वर्ण जिते भने टेकबहादुर कुँवरले रजत जिते ।
६५ केजीतर्फ सुमित पुनले गणेश सुनारलाई हराउँदै स्वर्ण जिते । त्यसैगरी ८१ केजीको हेभी तौलतर्फ मधुसुदन श्रेष्ठले स्वर्ण र सुजित गुरुङले रजत जिते ।
९१ केजीमा दर्शन गुरुङले दीपक परियारलाई हराउँदै प्रथम स्थान हासिल गरे । ‘४९ख’तर्फ अजय मानन्धर र विष्णु गौतम क्रमशः प्रथम र दोस्रो भए ।
‘६४ग’तर्फ मन्जित मगरले स्वर्ण र मानबहादुर मगरले रजत जिते । ६९ केजीमा आशिष गुरुङले स्वर्ण र विशाल श्रेष्ठले रजत जिते । रोहित गुरुङले ५६ केजीमा स्वर्ण जिते भने रसबहादुर गुरुङले रजत जिते ।
त्यसैगरी महिलातर्फ ५२ केजीमुनिको तौलसमूहमा सिसमा थापाले सोनी लामालाई हराउँदै स्वर्ण जितिन् । खेलाडीलाई ओलम्पिक कमिटीका सदस्य तथा नेपाल बक्सिङका अध्यक्ष राजीव श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको स्पोर्टस् फर अल कमिसनको आयोजनामा गत १३ जुनदेखि ओलम्पिक डे कार्यक्रमका विभिन्न गतिविधि सञ्चालन भइरहेको छ ।
२३ जुनलाई ओलम्पिक डेका रूपमा मनाइन्छ । यसपटक विपत्सँग हामी लड्न सक्छौ भन्ने नाराका साथ ओलम्पिक डे मनाइँदै छ । (सौस)
प्रतिक्रिया