पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिन सुझाव

काठमाडौं, ४ असार । भूकम्पले सिर्जना गरेको नेपालको पर्यटन क्षेत्रलाई पूर्ववत् रूपमा हिँडाउन अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिइनुपर्नेमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरूले सुझाव दिएका छन् ।

भूकम्पपछिको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन कसरी अघि बढ्ने भन्ने सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार आयोजना गरेको पूर्वपर्यटनमन्त्रीहरूसँगको छलफलका क्रममा उनीहरूले भूकम्पपछि अन्तर्राष्ट्रिय जगत्मा बिग्रिएको नेपालको छविलाई सुधार गरी सकारात्मक सन्देश प्रवाह गरिनुपर्नेमा जोड दिएका हुन् ।
साथै, उनले नेपालका प्रमुख पर्यटकीय गन्तव्य, साहसिक हिमाल आरोहण, पदयात्रालगायत पर्यटकीयस्थल सुरक्षित छन् भनेर अन्तर्राष्ट्रिय क्षेत्रलाई सकारात्मक सन्देश प्रवाह गर्न अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो आँैंल्याए । पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको क्षेत्रमध्ये पर्यटन एक भएकाले अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा बिग्रिएको नेपालको छविलाई सुधार गर्न विशेष नाराका साथ कार्यक्रम अघि बढाइनुपर्ने बताए । ‘ख्यातिप्राप्त अन्तर्राष्ट्रिय मिडियालाई बोलाएर यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्यको अवलोकन गराएर यथार्थ सन्देश प्रवाह गरी भूकम्पले बिगारेको नेपालको छविलाई पूर्ववत् अवस्थामा लैजान जरुरी भएको पनि उनले बताए ।
पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद ढुंगानाले भूकम्पको विपत्तिपछिको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन मन्त्रालयले विशेष कार्ययोजना बनाउन जरुरी रहेको उल्लेख गर्दै मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको बेथिति र नेपाल एयरलाइन्सको व्यवस्थापन सुधारका लागि तत्काल कदम चाल्न जरुरी भएकोमा जोड दिए । पूर्वपर्यटनमन्त्री दीपक बोहोराले भूकम्पपछिको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन यहाँका पुरातात्विक एवं धार्मिक स्थलहरूको विशेष प्रवद्र्धन तथा आकर्षक प्याकेजका कार्यक्रम ल्याइनुपर्ने बताए ।
पूर्वपर्यटनमन्त्री हिसिला यमीले भूकम्पले क्षति पु¥याएको नेपालको पर्यटकीय गन्तव्यका संरचनाहरूको पुनर्निर्माणका लागि युवा स्वयंसेवकहरूलाई परिचालन गरिनुपर्ने बताए । पूर्वपर्यटनमन्त्रीद्वय रामकुमार श्रेष्ठ र बुद्धिराज बज्राचार्यले भूकम्पले भत्काएका उपत्यकाका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइनुपर्नेमा जोड दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले भूकम्पपछिको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन मन्त्रालय हरतबरले लागिपरेकाले तोकिएको समयमा भनेजस्तै काम गरिने प्रतिबद्धता जनाए । उनले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल, तथा भैरहवा र पोखरा विमानस्थल निर्माणको काम अघि बढेको जानकारी दिँदै भूकम्पले क्षति पु¥याएका पुरातात्विक सम्पदाहरूको पुरानो पहिचान नमेटिनेगरी पुनर्निर्माणको कार्ययोजना बनिरहेको बताए ।
असारभित्रै नियुक्ति
सरकारले लामो समयदेखि रिक्त रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नियुक्ति असारभित्र गरिसक्ने तयारी गरेको छ ।

प्रतिक्रिया