आयोजक धनकुटा रातोलाई हराउ“दै झापा–११ फाइनलमा

धनकुटा, ४ असार । आयोजक धनकुटा रातोलाई पराजित गर्दै झापा–११ धनकुटामा जारि सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम धनकुटालाई एक–शून्य गोलले हराउँदै झापा प्रतियोगिताको फाइनलमा पुगेको हो । झापालाई जित दिलाउन विशाल राईको पासमा कर्ण लिम्बूले खेलको ५७औँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भए पनि गोल गर्न नसक्दा धनकुटा रातो प्रतियोगिताबाटै बाहिरिएको छ । खेलको म्यान अफ द म्याच झापाका गोलकर्ता कर्ण लिम्बू घोषित भए ।
शुक्रबारको अन्तिम सेमिफाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडौं र डिफेन्डिङ चेम्पियन फेन्स क्लब बिआरसी भुटान फाइनल प्रवेशका लागि भिड्दै छन् । धनकुटा निलोलाई पाँच–दुई गोल अन्तरले हराउँदै भुटान सेमिफाइनल पुगेको हो भने ब्वाइज युनियनले क्वाटरफाइनलमा दार्जिलिङलाई दुई–एक गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । गत आइतवारबाट सुरु प्रतियोगिताको ११औँ संकरणको फाइनल खेल शनिबार हुँदै छ । पराजय भएसँगै राष्ट्रिय जागृति क्लब सुनसरी र मोरङ फुटबल क्लब पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया