ब्वाइज युनियन सेमिफाइनलमा

धनकुटा, ३ असार । धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा दार्जेलिङ फुटबल क्लबलाई २–१ ले हराउँदै ब्वाइज युनियन क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

स्थानीय तल्लो टुँडिखेलमा ब्वाइज युनियनका लागि नाइजेरियन खेलाडी भिक्टोरले दोस्रो मिनेटमा गोल गरेका थिए । दार्जिलिङका वाङ्देन तामाङले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । खेल सकिन दुई मिनेट बाँकी रहँदा नन्दो हासले गोल थप्दै ब्वाइज युनियनलाई सेमिफाइनलमा पु¥याए । खेलको म्याद अफ द म्याच ब्वाइज युनियनका प्रथम गोलकर्ता भिक्टोर घोषित भए ।
ब्वाइज युनियनले शुक्रबार साविक विजेता फेन्स क्लब बिआरसी भुटानको सामना गर्ने छ । धनकुटा निलोलाई ५–२ गोल अन्तरले हराउँदै भुटान सेमिफाइनल पुगेको हो । यता बिहीबारको पहिलो सेमिफाइनल खेल झापा ११ र आयोजक धनकुटा रातोबीच हुनेछ । झापाले राष्ट्रिय जागृति क्लब सुनसरीलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो भने आयोजक धनकुटा रातोले क्वाटरफाइनलमा मोरङ फुटबल क्लबलाई ११–१० गोल अन्तरले पराजित गरेर सेमिफाइनल प्रवेश गरेको हो । गत आइतबारबाट सुरु प्रतियोगिताको ११औँ संस्करणको फाइनल खेल आगामी शनिबार हुँदै छ ।

प्रतिक्रिया