ला सेरेना, ३ असार । उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । यसअघि अर्जेन्टिनाले पाराग्वेसँग दुई–दुई गोलको बराबरी गरेको थियो ।
अर्र्जेिन्टनालाई विजयी गराउन सर्जियो अग्विरोले ५६औँ मिनेटमा गोल गरे । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि अर्जेन्टिनाले गोल गर्न दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५६ औँ मिनेटमा पाब्लो जाबालेटाले निकालिदिएको क्रस पासलाई उत्कृष्ट मार्किङ गर्दै अग्विरोले हेड गोल गरेका हुन् । उरुग्वेविरुद्वको खेलमा अर्का स्टार स्ट्राइकर लियोनेल मेस्सीका केही उत्कृष्ट प्रयास उरुग्वेका गोलरक्षकले विफल पारेका थिए । एक गोलले पछि परेपछि उरुग्वेले आक्रमक खेल खेले पनि गोल गर्न सकेन । खेलको ७५औँ मिनेटमा डिएगो रोलानको कडा प्रहार गोलरक्षक सर्जियो रोमेराले नियन्त्रणमा लिन नसकेको रिवाउन्ड बलमा आफैँले गोल गर्न सकेनन् ।
खेलमा उरुग्वेका लागि अर्जेन्टिनाविरुद्वको खेलमा स्टार स्ट्राइकर लुइस स्वारेजको अभाव देखिएको थियो । गत वर्ष ब्राजिल विश्वकपको खेल दौरान इटालियन डिफेन्डर जर्जियो चिलिनीलाई टोकेपछि स्वारेजले नौ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध भोगिरहेको छ । यस्तै, समूह ‘बी’ कै अर्को खेलमा पाराग्वेले जमैकालाई पनि १–० ले पराजित ग¥यो । पाराग्वेलाई विजयी गराउन इड्गार बेनिटेजले ३६औँ मिनेटमा गोल गरे ।
जितसँगै अर्जेन्टिना चार अंकसहित समूह ‘बी’ को शीर्षस्थानमा उक्लिएको छ ।
प्रतिक्रिया