यसरी बन्यो व्यायाम क्षेत्रमा पाँच राष्ट्रिय रेकर्ड

काठमाडौं । ब्यायामका रामचन्द्र खनालले आफूले कायम गरेका राष्ट्रिय कीर्तिमान महत्वपूर्ण भएको बताएका छन् । बुवा ठाकुरप्रसाद र माता धर्म कुमारीको कोखबाट ०१४ सालमा पाल्पा रामपुरमा जन्मिएका हाल कपन बसोबास गर्र्दै आएका रामचन्द्र खनालले आफ्नो नाममा व्यायाम क्षेत्रमा सिट–अप विधामा एक र चिन–अप विधामा चार गरी जम्मा पाँचवटा नेपालका राष्ट्रिय रेकर्ड कायम गराएका थिए ।
खनालले ०७० फागुन २० गते सिट–अप व्यायामतर्फ एक घन्टा १३ मिनेट ४५ सेकेन्ड समयमा दुई हजार एक सय २३ पटक र ०७१ साल फागुन २५ चिनअप एक घन्टामा १८ सेटमा एक हजार तीन सय ३० पटक चिनअप गरी राष्ट्रिय रेकर्ड कायम गरेको थियो । चिनअप व्यायामतर्पm ०७१ साल फागुन २५ गते सोमवार राखेपद्वारा गठित सात सदस्यीय खेल व्यवस्थापन तथा प्राविधिक अनुगमन समितिले उनको अभ्यास जाँच गरेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको निर्देशनको आधारमा राखेप प्राविधिक कार्यकारी बोर्डको सिफारिस बमोजिम राखेपको निर्णय अनुसार गठन गरिएको पाँच सदस्यीय खेल व्यवस्थापन तथा प्राविधिक अनुगमन समिति गठन भएको थियो । समितिले निर्णय गरे अनुसार उनको शरीरका सम्पूर्ण अंगको स्वास्थ्य परीक्षण गर्न निर्देशनपछि डा.सरोजकृष्ण श्रेष्ठको रेखदेखमा स्वस्थ्य परीक्षण गरिएको थियो ।
व्यायामका लागि योग्य भएपछि ०७० फागुन २० गते दशरथ रंगशालामा सिट–अप व्यायाम जाँच गर्ने सार्वजनिक प्रदर्शनको कार्यक्रम भयो । परीक्षण सकिनासाथ आयोजक समितिका संयोजक श्री सुशीलनरसिंह राणाले कार्यक्रमस्थलमै खनालले एक घन्टा तेह्र मिनेट पैतालिस सेकेन्ड समयमा कुल दुई हजार एक सय तेईसपटक लगातार सिट–अप व्यायाम गर्न सफल भएको घोषणा गरे ।
यस्तै चिनअपका लागि आफ्नो स्वास्थ्य चेकजाँच गराएका डा.ज्ञानेन्द्रविक्रम शाहले लिखितमा प्रेस्किप्सनको आधारमा निज व्यक्ति मानसिक र शारीरिक रूपमा पूर्णरूपमा स्वस्थ रहेकाले भन्दै खेल व्यवस्थापन समितिमा विस्तृत मेडिकल रिर्पोट दिएपछि खेल्न/व्यायाम प्रदर्शन गर्ने अनुमति पाएका थिए । (सौस)

प्रतिक्रिया