धनकुटा । धनकुटामा जारि सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको सोमबार भएको खेलमा भुटानी क्लब फेन्स बिआरसीले जित हात पारेको छ । घरेलु टिम आयोजक धनकुटा निलोलाई ५–२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन फेन्स बिआरसीले विजयी सुरुआत गरेको हो । बिआरसीका लागि बर्सात गुरुङ, प्रकाश बुढाथोकी, रुपेश केसी, दिनेश राजवंशी र रमेश दंगालले समान १–१ गोल गरे । त्यस्तै धनकुटाका राज कन्दङ्वा र दिलकुमार मगरले गोल गर्दै घरेलु टोलीलाई धेरै गोल अन्तरले पराजित हुनबाट बचाए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको आयोजकले कमजोर प्रदर्शन गर्दा बिआरसी सेमिफाइनलमा पुगेको हो ।
उक्त खेलको म्यान अफ दी म्याच विजयी टोलीका सुमन लामा भए । मंगलबारको खेल आयोजक धनकुटा रातो र मोरङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । यसअघि आइतबार भएको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई पराजित गर्दै भापा–११ विजयी भएको थियो । (सौस)
प्रतिक्रिया